-
इटहरी । शुभ दिपावली, नेपाल संवत, छठ पर्व लगायतका चाडपर्वहरूको अवसर पारेर ब्रह्माकुमारी राजयोग सेवा केन्द्र इटहरीले शुभकामना आदान–प्रदान सहित देउसी कार्यक्रम सम्पन्न गरेको छ । प्रत्येक वर्षझैं यस वर्ष पनि मङ्गलबार सेवा केन्द्रको हलमा देउसी खेली उत्सवमय वातावरणमा मनाइएको हो ।
कार्यक्रममा लोकप्रिय गायक समसेर रसाइली र सूर्य काश्यपले देउसीसँगै तिहारका विविध गीत प्रस्तुत गरी उपस्थितलाई झुमाएका थिए । साथै, सहभागीहरूले नाचगान र रमाइला प्रस्तुति बाट पर्वको उल्लास मनाएका थिए ।ब्र
ह्माकुमारी राजयोग सेवा केन्द्र इटहरीकी प्रमुख सञ्चालिका ब्रह्मकुमारी शारदा सिटौलाले नेपालीहरूको दोस्रो महान् पर्व तिहारले पारिवारिक र सामाजिक सम्बन्ध झनै सुदृढ बनाउने बताउँदै परम्परागत देउसी–भैलो संस्कृतिको संरक्षणका लागि यस्ता कार्यक्रम आवश्यक रहेको धारणा व्यक्त गरिन् । उनले आध्यात्मिक चेतना, शान्ति र सद्भाव फैलाउने उद्देश्यले केन्द्रले विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रम गर्दै आएको जानकारी पनि दिइन् ।
News Desk 0 response मङ्लबार, कार्तिक ४, २०८२
कार्यक्रममा सार्वजनिक दुर्गा पूजा समितिका अध्यक्ष सन्दीप बोगटी, ब्रह्मकुमार तुलसी भाइजी लगायतका समाज सेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । देउसी कार्यक्रमको समापनमा सबै सहभागीहरूलाई तिहारको शुभकामना आदान–प्रदान गरिएको थियो ।
सम्बन्धित शीर्षकहरु
-
माया घरका १२६ आश्रितलाई निवृत्त कर्मचारी संघद्वारा एक छाक भोजन
मङ्लबार, साउन १२, २०८३ -
दोस्रो विश्व आदर्श कप टेबलटेनिस प्रतियोगिता सम्पन्न, विभिन्न विधामा उत्कृष्ट खेलाडी पुरस्कृत
मङ्लबार, साउन १२, २०८३ -
सफलताको आधार: निरन्तर सिकाइ र आत्मसुधार
बुधबार, साउन ६, २०८३
-
माया घरका १२६ आश्रितलाई निवृत्त कर्मचारी संघद्वारा एक छाक भोजन
मङ्लबार, साउन १२, २०८३ -
दोस्रो विश्व आदर्श कप टेबलटेनिस प्रतियोगिता सम्पन्न, विभिन्न विधामा उत्कृष्ट खेलाडी पुरस्कृत
मङ्लबार, साउन १२, २०८३ -
इटहरीमा ‘पापशाला’को सफल मञ्चन, कला र साहित्यप्रति बढ्यो आकर्षण
सोमवार, साउन ४, २०८३
-
दोस्रो विश्व आदर्श कप टेबलटेनिस प्रतियोगिता सम्पन्न, विभिन्न विधामा उत्कृष्ट खेलाडी पुरस्कृत
मङ्लबार, साउन १२, २०८३ -
माया घरका १२६ आश्रितलाई निवृत्त कर्मचारी संघद्वारा एक छाक भोजन
मङ्लबार, साउन १२, २०८३