-
इटहरी । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजनामा कोसी प्रदेशमा चार दिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सेनाको संगठनात्मक स्वरूप, जिम्मेवारी, भूमिका तथा प्रमुख गतिविधिबारे विस्तृत जानकारी दिने उद्देश्यले गरिएको उक्त कार्यक्रममा कोसी प्रदेशका १४ जिल्लाका २३ जना सञ्चारकर्मी सहभागी भएका थिए ।
कार्यक्रमका क्रममा सहभागी सञ्चारकर्मीहरूलाई नेपाली सेनाले विपद् व्यवस्थापन, उद्धार तथा राहत कार्यमा खेलेको भूमिका, विकास निर्माणका क्षेत्रमा गरेको योगदान र हालका समसामयिक गतिविधिहरूका बारेमा जानकारी गराइएको थियो ।
सेनाले समाजमा शान्ति सुरक्षा, राष्ट्रिय एकता र विकासमा निर्वाह गरिरहेको भूमिकाबारे पनि प्रस्तुतिहरू दिइएको थियो ।
पूर्वी पृतना इटहरीको समन्वयमा सञ्चालित कार्यक्रममा सेनाले कोशी प्रदेशका विभिन्न स्थानको स्थलगत अवलोकन पनि गराइएको थियो ।
सहभागीहरूले सेनाको कार्यशैली, पारदर्शिता र जनसेवामुखी दृष्टिकोणबारे प्रत्यक्ष अनुभव लिन पाएको सहभागीहरुले बताए ।
समापन समारोहमा बोल्दै पूर्वी पृतनाका पृतनापति उपरथी गौरवकुमार केसीले सञ्चारकर्मी र सेना बीचको सहकार्यले नागरिक–सैनिक सम्बन्ध अझ मजबुत बन्ने विश्वास व्यक्त गरे । उनका अनुसार यस्तो अभिमुखीकरणले सञ्चार क्षेत्रका प्रतिनिधिहरूलाई सेनाको कार्यविधि र उद्देश्यबारे नजिकबाट बुझ्न सहयोग पुग्ने बताए ।

उनले सेनाको भूमिकाबारे सही र सन्तुलित जानकारी प्रवाह गर्न मिडियाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै पारस्परिक समझदारी र समन्वय सुदृढ गर्न आग्रह गरे ।
News Desk 0 response बिहिबार, अशोज ३०, २०८२
कार्यक्रमले सेनाको जिम्मेवारी, चुनौती र योगदानबारे सञ्चारकर्मीहरूमा स्पष्टता ल्याएको तथा भविष्यमा अझ प्रभावकारी सहकार्यका लागि आधार बन्ने बताइएको छ ।
-
सेक्रेड हार्ट कलेजमा ४ वर्षे बीबीए कार्यक्रम सुरु
सोमवार, भदौ ८, २०८३ -
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३
-
सेक्रेड हार्ट कलेजमा ४ वर्षे बीबीए कार्यक्रम सुरु
सोमवार, भदौ ८, २०८३ -
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३
-
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३ -
सेक्रेड हार्ट कलेजमा ४ वर्षे बीबीए कार्यक्रम सुरु
सोमवार, भदौ ८, २०८३





