-
सुनसरी । केही समयदेखि बन्द रहेका अदालतका नियमित काम कारवाहीहरू आगामी मिति २०८२ साल असोज २६ गते आईतबार देखि पुनः सुरु हुने भएका छन्।
News Desk 0 response बिहिबार, अशोज २३, २०८२
मिति २०८२ भदौ २३ र २४ गतेको घटनाका कारण अदालतबाट प्रवाह हुने सेवा, साप्ताहिक र दैनिक पेशी लगायतका कार्यहरू प्रभावित भई बन्द रहँदै आएको थियो ।
यस बीचमा सर्वोच्च अदालतको मुख्य सर्भर ९कभचखभच० समेत अस्थायी रूपमा बन्द भएको र त्यसलाई सञ्चालनमा ल्याउन थप समय लाग्ने भएकाले, अदालतले तत्कालका लागि म्यानुअल प्रणाली मार्फत मुद्दा सूची प्रकाशन गर्ने निर्णय गरेको हो।
अदालतका अनुसार अबदेखि साप्ताहिक र दैनिक पेशी सूची म्यानुअल रूपमा तयार गरी सार्वजनिक गरिनेछ र मुद्दाहरूको सुनुवाइ पनि नियमित रूपमा अघि बढाइने छ।
सुनसरी अदालतका स्रेस्तेदार टिकेन्द्रविर जङ्गले जारी गरेको सूचनामा भनिएको छ ।
मिति २०८२र६र२३ गतेको निर्णय बमोजिम अदालतले सेवा प्रवाहका लागि आवश्यक तयारी पूरा गरेको छ।
सर्वोच्च अदालतबाट सर्भर सञ्चालनमा आउन केही समय लाग्ने भएकाले असोज २६ गतेदेखि म्यानुअल रूपमा पेशी सूची प्रकाशन गरिनेछ र मुद्दाको सुनुवाइ नियमित रूपमा सञ्चालन गर्ने भएको हो ।
अदालतको सेवाहरू लामो समय देखि स्थगित हुँदा मुद्दा दर्ता, पेशी तोक्ने कार्य, आदेश लेख्ने प्रक्रिया लगायतका न्यायिक कामहरू प्रभावित बनेका थिए। नियमित कामकाज ठप्प हुँदा मुद्दा सम्बद्ध पक्षहरू समेत प्रभावित भएका थिए।
अब अदालतले म्यानुअल प्रणाली अपनाए सँगै मुद्दा सम्बन्धी सुनुवाइ र निर्णय पुनः सुचारु हुने भएपछि न्याय माग्दै आएका सेवाग्राहीहरुले राहत महसुस गर्ने अपेक्षा गरिएको छ।
सर्भर पुनः सञ्चालनमा आएपछि सबै कार्यहरू पुनः डिजिटल प्रणालीमै फर्काइने अदालतले जनाएको छ।
यसैबीच, अदालतले सम्बन्धित सबै पक्षहरूलाई सूचित गर्दै न्यायिक कार्य सुचारु गर्ने उद्देश्यले असोज २६ गतेदेखि म्यानुअल पद्धतिमा काम अघि बढाइने भएकोले सबै पक्षको सहयोग आवश्यक छ।
यो निर्णय सँगै लामो समय देखि रोकिएका अदालतका कामहरू पुनः गतिशील बन्ने आशा गरिएको छ।
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३

मङ्लबार, भदौ ३०, २०८३