-
काठमाडौं । जेनजी आन्दोलनको प्रदर्शनमैदानमा देखिएका कालो ड्रेस र नकाबधारी युवाको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेपछि धेरैको ध्यान त्यतातर्फ केन्द्रित भएको छ । पैतालादेखि शिरसम्म कालो पहिरन, कालो टोपी, चश्मा र बडी प्रोटेक्सन ज्याकेटसहित वाकिटकी बोकेका ती युवाको फोटोले आन्दोलनमै नयाँ बहस खडा गराएको हो ।
सामाजिक सञ्जालमा धेरैले ‘यी को हुन् ?’ भनेर प्रश्न उठाइरहेका थिए भने कतिपयले आन्दोलनमा बाहिरी घुसपैठ भएको दाबीसमेत गरेका थिए । तर प्रहरी अनुसन्धानले उनी ‘हामी नेपाल’ टिमका सदस्य भएको खुलासा गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार ती युवक २१ वर्षीय जेनिश महर्जन हुन् । प्रहरी स्रोतका भनाइअनुसार सार्वजनिक चासो बढेपछि गरिएको अनुसन्धानमै उनी ‘हामी नेपाल’सँग आबद्ध रहेको प्रमाणित भएको हो ।
यसैबारे ‘हामी नेपाल’ टिमका संयोजक सुदन गुरुङले पनि पुष्टि गरेका छन् । उनका अनुसार, जेनिश व्यक्तिगत रुचिका कारण त्यस्तो पहिरनमा आन्दोलनमा सहभागी भएका हुन् ।
जाजरकोट भूकम्पताका उद्धार र राहतमा खटिँदा सेनाले लगाएको ड्रेस देखेर उनलाई मन परेको र त्यसपछि उनले त्यही स्टाइलको कपडा किनेर प्रयोग गर्दै आएको संयोजक गुरुङले बताए ।
त्यस दिन जेनिशसँगै वाकिटकी पनि थियो । ‘हामी नेपाल’ टिमका तीन जनाले वाकिटकी प्रयोग गर्ने गरेको र आन्दोलनका बेला एउटा जेनिश, अर्को मेडिकल टिम र अर्को एम्बुलेन्ससँग रहेकाले उद्धारमा सहज भएको गुरुङले जानकारी दिए ।
उनको जिम्मेवारी घाइतेलाई उद्धार गरेर एम्बुलेन्ससँग सम्पर्क गरी अस्पताल पुर्याउने रहेको टिमले स्पष्ट पारेको छ ।
News Desk 0 response आइतवार, अशोज ५, २०८२
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा ‘ग्राण्ड युरोप एड्मिसन डे’ शैक्षिक मेला हुँदै, २० भन्दा बढी विश्वविद्यालयको सहभागिता
बुधबार, मंसिर १७, २०८२ -
परोपकार सेवा संस्थाद्वारा भवन तथा शिवालय निर्माणार्थ सप्ताह महायज्ञ मंसिर २० देखि हुने
मङ्लबार, मंसिर १६, २०८२ -
जनता क्याम्पसमा अन्तर्राष्ट्रिय सम्मेलन पुस ५र ६ गते हुदै , पाँच देशका प्रमुख वक्ता..
मङ्लबार, मंसिर १६, २०८२ -
स्वर्गीय धरणीधर दाहालका काव्य र जीवनमाथि इटहरीमा विशेष साहित्यिक कार्यक्रम
शनिबार, मंसिर १३, २०८२ -
सामुदायिक सेवामा पाथीभरा स्कूल: मोनमोहनका विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग
शनिबार, मंसिर १३, २०८२

बुधबार, मंसिर १७, २०८२