• इटहरी । कर्मका देवताका रुपमा पुजा गरिने विश्वर्कमा बाबाको पुजा धुमधामका साथ कोशी प्रदेशका विभिन्न ठाउँहरुमा पनि गरियो ।
    हरेक वर्ष असोज १ गते कर्मका देवता विश्वर्कमा बाबाको जन्मदिनका रुपमा विशेष पुजा गर्ने गरिए झै यस वर्ष पनि इटहरी लगायतका कोशी प्रदेशका विभिन्न ठाउँहरुमा धुमधामका साथ विश्वकर्मा बाबाको पुजा गरिएको हो ।
    ब्रह्माकुमारी राजयोग सेवा केन्द्र इटहरीले पनि सवारी साधनहरुको पुजा गरि विश्वकर्मा बाबाको जन्मदिन मनाएको छ । बह्मकुमारी राजयोग सेवा केन्द्रमा आवद्धहरु तथा भक्तजनहरुका सवारी साधनहरुको पुजाअर्चना गरि विश्वर्कमा पुजा गरियो । विश्वकर्मा पुजाका दिन आफुले प्रयोग गर्ने सवारी साधन , कलकारखाना , मेशीनरी आदिको पुजा गरे आगामी दिनमा सवारी तथा मेशिनरीका क्षेत्रका काम गर्नेहरुले सफलता पाउने विश्वास गर्ने गरिएको ब्रह्माकुमारी राजयोग सेवा केन्द्र इटहरीकी प्रमुख सञ्चालिका ब्रह्मकुमारी शारदा सिटौलाले वताइन ।

    विश्वर्कमा बाबालाई कर्मका उपासकको रुपमा लिइने भएको कारण फलाम र औजारका क्षेत्रमा काम गर्नेहरुले यो दिनलाई महत्वपुर्ण दिनका रुपमा पुज्ने गर्दछन । फलामसंग सम्वन्धीत कलकारखाना , सवारी साधन , मेशीनरी आदीका क्षेत्रका काम गर्नेहरुले विश्वकर्मा बाबाको पुजाअर्चना गरी आगामी दिनमा अझ वढी सफलता मिलोस भनी आरधना गर्ने गर्दछन । कोशी प्रदेसका विभिन्न ठाँउहरुमा रहेका विश्वकर्मा बाबाका मन्दीरहरुमा सवारी साधन लगेर पुर्जाअर्चना गर्नेहरुको भिड लागेको थियो । विश्वकर्मा पुजाका अवसर पारेर सवारीका साधनहरुलाई बिहानै धोइपखाली गरी पुजा गरिन्छ भने अन्य फलामसंग सम्वन्धित कलकारखाना तथा औजारहरुको पनि पुजा गर्ने चलन रहेको छ । सवारीका साधानका साथै मेशीनरी उद्योगहरु सजाएर रंगीनचगीं वनाएर पुजा गर्ने गरिन्छ । आजको दिन मेशीनरी ,सवारी साधन , कलकारखाना आदिको पुजा गरीने भएको कारण सवारी साधान र उद्योग कलकारखान त्यत्ती धेरै सञ्जाल भएको पाइदैनन । फलामसंग सम्वन्धित काम गर्नेहरुले आजको दिन विश्वकर्मा बाबाको मुर्ति राखि पुजास्थल वनाउने र आजको दिन पुजा गरी भोली पल्ट नदी तथा तलाउमा लगेर मुर्ति सेलाउने प्रचलन समेत रहेको छ ।

4565