-
इटहरी । सुनसरीको सोनापुरमा रहेको अरिहन्त मल्टीफाइवर्स लिमिटेडमा तेरापन्थ युवक परिषद विराटनगरले आयोजना गरेको रक्तदान कार्यक्रममा २ सय वढी पिन्ट रगत संकलन भएको छ ।
तेरापन्थ युवक परिषदको आयोजनामा विश्व व्यापी मेघा रक्तदान कार्यक्रम अन्तरगत अरिहन्त मल्टीफाइवर्समा परिसरमा आयोजित रक्तदानमा २ सय ११ जना श्रमिकहरुले रक्तदान गरेका हुन । तेरापन्थ युवक परिषदको आयोजनामा विश्वका ७५ देशको ८ हजार स्थानमा एकै पटक रक्तदान कार्यक्रम आयोजना गरि ५लाख पिन्ट रगत संकलन गर्ने लक्ष्य सहित यहाँ पनि रक्तदान कार्यक्रम आयोजना गरिएको तेरापन्थ युवक परिषद विराटनगरका अध्यक्ष अरिहन्त वेदले जानकारी दिए । उनले यस अघि पनि तेरापन्थले आयोजना गरेको मेघा रक्तदानमा रेकर्ड रहने गरी रक्तदान भएको समेत वताए ।

अरिहन्त मल्टीफाइवर्स केवल उद्योग र उत्पादनमै सीमित छैन, यो संस्था समाज र मानवताको सेवामा पनि समान रूपमा जिम्मेवार छ । उद्योगमा कार्यरत श्रमिकहरूले उत्साहपूर्वक र आत्मीय भावनाका साथ रक्तदानमा सहभागी भएर जुन उदाहरणीय भूमिका देखाएका छन्, त्यो गर्वको विषय हो।
रगत जीवनको लागि अत्यन्तै अमूल्य देन हो, र हरेक पिन्ट रगतले जीवन बचाउन सक्छ। त्यसैले आज संकलन भएको २ सयभन्दा बढी पिन्ट रगतले सयौँ मानिसलाई नयाँ जीवन दिनेछ ।
रक्तदान कार्यक्रममा श्रमिकहरुको सहभागिता रहेको फाइवर्सका प्रमुख कार्यकारी अधिकृत गोविन्द बजगाँईले जानकारी दिए ।रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र विराटनगरले प्राविधिक सहयोग पुरयाएको तेरापन्थ युवक परिषद विराटनगरको महासचिव सुमित सुरानाले जानकारी दिए। रक्तदान कार्यक्रममा तेरापन्थ युवक परिषदका पुर्व अध्यक्ष तथा सल्लाहकार पंकज लुनिया , अरिहन्त मल्टी फाइबर्सका सञ्चालक राजकुमार गोल्छा लगायतको आतिथ्य रहेको थियो ।
News Desk 0 response बुधबार, अशोज १, २०८२
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३

बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३