• काठमाडौं । जेन जी आन्दोलनको क्रममा मुलुकभरका कारागारहरूमा भएको तोडफोड र आगजनीपछि ठूलो संख्यामा कैदीबन्दी फरार भएका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार हालसम्म देशभरका विभिन्न कारागारहरूबाट १३ हजार ५७२ कैदीबन्दी फरार भएका छन् ।

    यससँगै अनुसन्धानका क्रममा हिरासतमा रहेका ५६० जना थुनुवा पनि फरार भएको प्रहरीले पुष्टि गरेको छ । विभिन्न मुद्दामा अनुसन्धान भैरहेका ती थुनुवाहरू मंगलबार भएको आन्दोलनकै क्रममा फरार भएको प्रहरीले जनाएको छ ।

    आन्दोलनकारीहरूले तोडफोड र आगजनी गर्दै प्रहरी नियन्त्रणमा रहेका संरचना भत्काएपछि कैदी तथा थुनुवाहरू फरार भएको बताइएको छ । घटनापछि सुरक्षा निकायहरूले फरार कैदी र थुनुवाको खोजतलासलाई तीव्र पारेको जानकारी दिएको छ ।

4565