-
इटहरी । सुनसरीको इटहरीमा रहेको सिबी कलेजले स्वागत ,विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
News Desk 0 response आइतवार, भदौ २२, २०८२साइन्स ,मेनेजमेन्ट , होटल मेनेजमेन्ट , कानुन विषयको पठनपाठन गर्दै आएको सिबी कलेजले कक्षा ११का विद्यार्थीहरुलाई स्वागत , कक्षा १२को उत्तिर्ण गरेका विद्याथीहरुलाई विदाई तथा विभिन्न विद्यामा उत्कृष्ट हुने विद्यार्थी, अभिभावकलाई सम्मान सहित पुरस्कृत गरेको हो । जिल्ला शिक्षा समन्वय इकाई सुनसरीका प्रमुख देवेन्द्र मल्लको प्रमुख आतिथ्य तथा कलेजका अध्यक्ष देशवन्धु कार्कीको अध्यक्षतामा स्वागत, विदाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरियो । कलेजमा विभिन्न विषय अध्ययनका लागि कक्षा ११मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत र हालै प्रकासित कक्षा १२मा उत्कृष्ट नजिता ल्याउने विद्यार्थीहरु तथा अभिभावकलाई सम्मान सहित पुरस्कृत गरिएको कलेजका प्राचार्य खेमराज वास्तोलाले जानकारी दिए ।
यस वर्षको कक्षा १२को परिक्षाका कलेजबाट ए प्लस र ए जिपिए ल्याउने १६ जना विद्यार्थी सहित उनीहरुका अभिभावकहरुलाई सम्मान गरिएको थियो । विद्यार्थीलाई पुरस्कृत विद्यार्थी पुरस्कार तथा अभिभावकहरुलाई सम्मान कलेजका वरिष्ठ उपाध्यक्ष दयाराम भट्टराई, सदस्यहरु आषिस खनाल , उर्मिला घिमीरे ,देवका पौडेल लगायतले प्रदान गरेका थिए । सो अवसरमा विद्यार्थीहरुले फेसन सो सहित सांगितिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





