-
काठमाडौं । माइतीघर मण्डलामा जारी उखु किसानको धर्नामा सत्तापक्षका सांसद समेत सहभागी भएका छन् । बुधबार नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री एनपी साउद धर्नास्थल पुगेर किसानसँग ऐक्यबद्धता जनाए ।
सांसद साउदले नेपाल कृषिप्रधान देश भए पनि किसान निरन्तर अन्यायमा परेको बताउँदै, हाल अनुदान रकम कटौती र बक्यौता रकम नपाउँदा फेरि आन्दोलन गर्नुपरेको स्थिति दुखद रहेको टिप्पणी गरे । उनले भने, “सरकारले घटाएको अनुदान रकम तत्काल पुरानै अवस्थामा ल्याएर किसानलाई उपलब्ध गराउनुपर्छ । उद्योगी र किसान दुवैको हित हुने गरी दीर्घकालीन, पारदर्शी र समन्वयकारी नीति अवलम्बन गर्दै किसानको माग सम्बोधन गर्नुपर्छ ।”
यसअघि मंगलबार धर्नामा पुगेर विपक्षी नेताहरूले पनि समर्थन जनाएका थिए । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ माइतीघर पुगेका थिए ।
News Desk 0 response बुधबार, भदौ ११, २०८२
सम्बन्धित शीर्षकहरु
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३