-
इटहरी । कुसे औँसी तथा बुवाको मुख हेर्ने दिनको विशेष अवसर पारेर किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले एक कार्यक्रमको आयोजना गरी जेष्ठ पिताहरुलाई सम्मान गरेको छ ।
संस्थाको सभाहलमा शुक्रबार आयोजित कार्यक्रममा सुनसरी जिल्लाभित्र रहेका विभिन्न शाखाअन्तर्गतका सेयर सदस्यका ७० वर्ष उमेर नाघेका ७९ जना पिताहरुलाई ढाका टोपी, खादा, प्रमाणपत्र र फलफुल तथा नगद सहित सम्मान गरिएको हो ।
कार्यक्रम संस्थाका अध्यक्ष शालिकराम ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो भने नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका महासचिव घनश्याम अधिकारी प्रमुख आतिथ्यका रूपमा सहभागी भएका थिए ।
कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेड सुनसरीका अध्यक्ष गङ्गाप्रसाद दाहाल, संस्थाका प्रमुख सल्लाहकार कृष्णविनोद लम्साल, आर्थिक सल्लाहकार लिलानाथ निरौला लगायतको समेत उपस्थिती थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अधिकारीले किसान कल्याण सहकारीले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको र बचत तथा ऋणको माध्यमबाट पूर्वाञ्चलमा मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत सहकारीका मान्यताहरुलाई स्थापित गर्न सफल भएको उल्लेख गरे ।
उनले डेढ अर्बभन्दा बढी पुँजी र २८ हजारभन्दा बढी सेयर सदस्य रहेको किसान कल्याण सहकारीले सहकारी क्षेत्रमै नमुना स्थान हासिल गरिसकेको धारणा राखे ।
त्यस्तै, अध्यक्ष शालिकराम ढकालले समाजमा आमा बाबुजस्ता जेष्ठ नागरिक प्रति घर–परिवारभित्रै उपेक्षा गर्ने प्रवृक्ती बढ्दो अवस्थामा रहेको भन्दै, यस्तो अवस्थामा सहकारीले सम्मानजनक व्यवहार मार्फत नयाँ उदाहरण प्रस्तुत गरेको बताए ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेतले कार्यक्रमको विवरण प्रस्तुत गर्दै सहकारीले सदस्यहरूको मात्र नभई समाजकै उत्थानका लागि विभिन्न सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको जानकारी दिए ।
News Desk 0 response शनिबार, भदौ ७, २०८२
जेष्ठ नागरिकलाई समाजमा उचित स्थान दिलाउन सहकारीले गरेको यो पहललाई सहभागीहरूले प्रशंसनीय रहेको बताएका थिए ।
सम्बन्धित शीर्षकहरु
-
सफलताको आधार: निरन्तर सिकाइ र आत्मसुधार
बुधबार, साउन ६, २०८३ -
पैसाको मूल्य कि मानवीय मूल्यको पतन ? ..
मङ्लबार, साउन ५, २०८३ -
इटहरीमा ‘पापशाला’को सफल मञ्चन, कला र साहित्यप्रति बढ्यो आकर्षण
सोमवार, साउन ४, २०८३
-
इटहरीमा ‘पापशाला’को सफल मञ्चन, कला र साहित्यप्रति बढ्यो आकर्षण
सोमवार, साउन ४, २०८३ -
बेलबारीमा ‘एक घर, एक सहभागिता’ अभियान सुरु ः इमानस्मृति टोलले थाल्यो बृहत् सरसफाइ
शनिबार, साउन २, २०८३ -
इटहरी बजारको सुरक्षामा नयाँ अध्याय, वडा प्रहरी कार्यालय उद्घाटन
शुक्रबार, साउन १, २०८३
-
सफलताको आधार: निरन्तर सिकाइ र आत्मसुधार
बुधबार, साउन ६, २०८३





