-
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी शर्मा ओलीलाई सरकारको नेतृत्व गर्न दिइरहनु भनेको मुलुकलाई बर्बादीतिर धकेल्नु मात्र हुने भन्दै संसद विघटन गर्नेलाई एक दिन पनि सत्ता सम्हाल्न दिन नहुने बताउनुभएको छ ।
शनिबार नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक अध्यक्ष गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृति सभामा बोल्दै वरिष्ठ नेता पौडेलले अरु दललाई अघि सारेर भएपनि वर्तमान प्रधानमन्त्रीलाई पदबाट हटाउनुपर्ने बताउनुभयो ।
राजनीतिक अन्यौलता भएको भन्दै उहाले अन्यौलता लाई अन्त्य गर्न नेपाली कांग्रेसले सबै पार्टीलाई मिलाएर निकास निकाल्नुपर्ने जिकिर गर्नुभयो ।उहाले देशलाई ठिक दिशा दिने हैसियत कांग्रेसले राख्नुपर्ने धारणा राख्नुभयो । उहाले नेपाली कांग्रेसले चुनावको पक्षमा वकालत गर्नु नहुने धारणा पनि राख्नुभयो ।
पौडेलले संविधान बचाउने सरकार ल्याउन र व्यवस्था बचाउने शक्ति यही संसदभित्र निर्माण गर्न कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।उहाले अहिलेको प्रणालीको रक्षा गर्न र संसदको रक्षा गर्न पनि कांग्रेसले अग्रसरता लिने बेला आएको जिकिर गर्नुभयो ।
News Desk 0 response शनिबार, चैत्र ७, २०७७
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३

बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३