-
इटहरी । भोली शुक्रवार ब्रह्माकुमारी राजयोग सेवा केन्द्र इटहरीले आयोजना गर्न लागेको वृहत रक्तदान कार्यक्रमको पुर्व सन्ध्यामा प्रचारप्रसार गर्ने उद्धेश्यले प्रभातफेरी गरिएको छ ।
ब्रह्माकुमारी ईश्वरीय विद्यालयकी पूर्व मुख्य प्रशासिका राजयोगिनी प्रकाशमणि दादीको १८ औँ पूण्य स्मृति दिवसको अवसरमा पारेर आयोजना गर्न लागिएको वृहत रक्तदान कार्यक्रमको प्रचारप्रसारका लागि इटहरीमा प्रभातफेरी गरिएको हो । रक्तदान वारे जनचेतना जगाउने उद्धेश्यले आयोजना गरिएको प्रभातफेरी ब्रह्माकुमारी राजयोग सेवा केन्द्र इटहरीको भवनबाट सुभआरम्भ गरी जुटविकास चोक , हटिया लाईन हुदै इटहरीको मुख्य चोक भएर पुनः केन्द्रको भवनमा पुगेर समापन गरियो । कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा कोशी प्रदेश सभा सदस्य श्रेष्ठले आध्यात्मिक ज्ञानका साथै राजयोगका माध्यमबाट मानिसलाई शान्त र स्वस्थ वनाउने अभियान चलाउदै आएको ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले मानव उपचारका लागि आवश्यक पर्ने रगत संकलनमा सहयोग पुरयाउने उद्धेश्यले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भएर रक्तदान गर्न आग्रह समेत गरिन । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र इटहरीकी प्रमु्ख सञ्चालिका व्रह्मकुमारी शारदा सिटौलाको अगुवाईमा प्रभातफेरी गरियो । प्रभातफेरीले रक्तदान कार्यक्रमलाई सफल वनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
News Desk 0 response बिहिबार, भदौ ५, २०८२
सम्बन्धित शीर्षकहरु
-
माया घरका १२६ आश्रितलाई निवृत्त कर्मचारी संघद्वारा एक छाक भोजन
मङ्लबार, साउन १२, २०८३ -
दोस्रो विश्व आदर्श कप टेबलटेनिस प्रतियोगिता सम्पन्न, विभिन्न विधामा उत्कृष्ट खेलाडी पुरस्कृत
मङ्लबार, साउन १२, २०८३ -
सफलताको आधार: निरन्तर सिकाइ र आत्मसुधार
बुधबार, साउन ६, २०८३
-
माया घरका १२६ आश्रितलाई निवृत्त कर्मचारी संघद्वारा एक छाक भोजन
मङ्लबार, साउन १२, २०८३ -
दोस्रो विश्व आदर्श कप टेबलटेनिस प्रतियोगिता सम्पन्न, विभिन्न विधामा उत्कृष्ट खेलाडी पुरस्कृत
मङ्लबार, साउन १२, २०८३ -
इटहरीमा ‘पापशाला’को सफल मञ्चन, कला र साहित्यप्रति बढ्यो आकर्षण
सोमवार, साउन ४, २०८३
-
दोस्रो विश्व आदर्श कप टेबलटेनिस प्रतियोगिता सम्पन्न, विभिन्न विधामा उत्कृष्ट खेलाडी पुरस्कृत
मङ्लबार, साउन १२, २०८३ -
माया घरका १२६ आश्रितलाई निवृत्त कर्मचारी संघद्वारा एक छाक भोजन
मङ्लबार, साउन १२, २०८३