-
इटहरी । सहिद टोल विकास संस्था, इटहरी–८ को आयोजनामा तीज विशेष तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
ऋाउदै गरेको नेपाली महिलाको महान पर्व हरितालिका तीजको उल्लासपूर्ण माहोलमा सम्पन्न कार्यक्रमले स्थानीय समुदायमा आपसी सद्भाव, एकता र सांस्कृतिक संरक्षणको सन्देश फैलाएको हो ।
सहिद टोल विकास संस्थाका अध्यक्ष भानुभक्त कट्वालको अध्यक्ष्ता तथा जेष्ठ सदस्य प्रभा दाहालको प्रमुख अतिथ्यिमा भएको थियो ।
कर्यक्रममा उपस्थित दिदीबहिनीहरूले रातो, हरियो र पहेंलो रंगका तीजका भेषभूषामा सजिएर कार्यक्रम स्थललाई झन् रौनकपूर्ण बनाएका थिए ।
कार्यक्रममा तीजका परम्परागत संगेनी र लोकगीतको धुनमा सहभागीहरूले रमाइलो गर्दै नाचगान प्रस्तुत गरेका थिए । गीतहरूको शब्दले नारीशक्ति, पारिवारिक सद्भाव र सामाजिक एकताको सन्देश दिएको थियो ।
News Desk 0 response शनिबार, साउन ३१, २०८२
नेपाली परम्परा अनुसार दर खुवाउने चलनलाई निरन्तरता दिँदै कार्यक्रममा सहभागी दिदीबहिनीहरूलाई मीठा परिकारहरु खुवाइएको थियो ।
प्रमुख अतिथि प्रभा दाहालले उपस्थित सबैलाई हरितालिका तीजको शुभकामना दिँदै, पर्वले नारीको आत्मबल, आस्था र एकतालाई मजबुत बनाउने बताइन ्।
संस्थाका अध्यक्ष भानुभक्त कट्वालले टोलका महिला सदस्यहरुबीच आपसी सद्भाव र भाइचारा बढाउनु हाम्रो पहिलो उद्देश्य हो ।
यसरी सांस्कृतिक कार्यक्रमको माध्यमबाट हामीले हाम्रो संस्कार, परम्परा र ऐक्यबद्धताको भावना जोगाइ राख्न सक्ने बताए ।
कार्यक्रममा संस्थाका सल्लाहकार विरेन्द्र कट्वाल, पूर्वअध्यक्ष भरत नेपाल, सचिव देवराज अधिकारी ,सहसचिव मोना ढकाल, सल्लाहकार योगा पौडेल न्यौपाने, हरिमाया खड्का लगायत स्थानीय सामाजिक अगुवाहरूको समेत उपस्थिति थियो। सबैले संस्थाले निरन्तर रूपमा आयोजना गर्दै आएको यस्ता सामाजिक तथा सांस्कृतिक कार्यक्रमले समुदायको आत्मीयता र सक्रिय सहभागिता बढाउने विश्वास व्यक्त गरे ।
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





