-
इटहरी । नेवारी समुदायका मानिसहरुले वर्ष दिन भित्र दिगवंत भएका आफन्तहरुको स्मृतिमा निकाल्ने गाइजात्रा यस वर्ष पनि पुर्वी नेपालको इटहरी लगायत विभिन्न ठाउँहरुमा निकालेका छन ।
News Desk 0 response आइतवार, साउन २५, २०८२विशेष गरि गाइजात्रा काठमाण्डौ उपत्याकामा वसोवास गर्ने नेवारी समुदायका मानिसहरुले परापुर्वकाल देखि नै निकाल्दै आएका छन भने पुर्वी नेपालको इटहरी लगायतका ठाउँहरुका विगत केही वर्ष अघि देखि निकाल्न थालिएको हो । यही क्रम यस वर्ष पनि इटहरीमा नेवा पुचः इटहरीको आयोजनामा गाईजात्रा निकालियो । इटहरी क्षेत्रमा वसोवास गर्दै आएका वर्ष भरीमा दिगंवत भएका विभिन्न चार जनाको स्मृतिमा नेवा पुचः इटहरीको भवनमा औपचारिक कार्यक्रमको आयोजना गरि गाईजात्राको उदघाटन गरेर सामुहिक गाईजात्रा निकालियो । नेवा पुचः इटहरीका अध्यक्ष कालिदास श्रेष्ठको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यमा भएको औपचारिक कार्यक्रममा गाईजात्राको उदघाटन गरिएपछि वितेको एक वर्षको अवधिमा दिगंवत भएका इटहरीका विभिन्न ठाउँका मानिसहरुको फोटो सहितको गाईजात्रा उनीहरुकै घरवाट निकालियो । दिगंवत भएका आफन्तहरुको स्मृतिमा निकालिने गाईजात्राले इटहरीको मुख्य चोक क्षेत्रमा परिक्रममा गरेको थियो । नेवा पुचः इटहरीले आफनो जातिय , भाषा,सस्कार ,संस्कृतिलाई जीवन्त राख्न विभिन्न कार्यक्रमहरु आयोजना गर्ने गरे वमोजिम हरेक वर्ष गाईजात्रा समेत निकाल्ने गरेको छ । नेवा पुच ः इटहरीले गाईजात्राका अवसरमा आयोजना गरेको औपचारिक कार्यक्रममा नेवा दे दवुका केन्द्रीय सदस्य सोमवहादुर श्रेष्ठ , पारषद विमला श्रेष्ठ , नेवा दे दवु कोशी प्रदेश अध्यक्ष सिताराम श्रेष्ठ, इटहरी उपमहानगरपालिका उपप्रमुख संगिताकुमारी चौधरी लगायतको आतिथ्य रहेको थियो । गाईजात्रा कान्तीपुरका तत्कालीन राजा प्रताप मल्लले दिगवंत आफना छोराको शोकमा डुवेर विप्क्षीत वन्न लागेपछि रानीलाई सम्झाउन वर्ष भरी दिगवंत भएका आफन्तहरुको स्मृतिमा निकाल्ने चलन चलाएको विश्वास साथ गाईगात्रा निकाल्ने गरिन्छ । सोही अनुसार हाल सम्म पनि नेवारी समुदायका मानिसहरुले गाईजात्रा निकाल्ने गरेका छन । सुनसरी सदरमुकाम इनरुवामा समेत वसोवास गर्ने नेवारी समुदायका मानिसहरुले पनि दिगंवत आफन्तहरुको स्मृतिमा सामुहिक रुपमा गाईजात्रा निकालेका छन ।
सम्बन्धित शीर्षकहरु
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३





