• धनकुटा । पूर्व अर्थराज्यमन्त्री स्व. हरिराज खेवाको नवौं स्मृति दिवसको अवसरमा छथर जोरपाटी गाउँपालिका–६ मा निर्माणाधीन हरिराज खेवा स्मृति पार्क परिसरमा वृक्षरोपण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
    कार्यक्रममा छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बाको प्रमुख आतिथ्यता तथा प्रतिष्ठानकी अध्यक्ष कुसुम श्रेष्ठको अध्यक्षतामा भएको वृक्षरोपण कार्यक्रममा विविध प्रजातिका धुपी लगायतका बिरुवाहरू रोपिएको हो ।
    सोही कार्यक्रममा प्रतिष्ठानकी संरक्षक तथा गाउँपालिकाकी उपाध्यक्ष गीता गुरुङ खेवालाई सम्मान गरिएको छ ।
    यस्तै, स्मृति पार्क निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादाता धनबहादुर लिम्बु र खोजबहादुर राईलाई समेत सम्मानपत्रले सम्मान गरिएको थियो ।


    त्यसैगरी, वडा नम्बर ६ का जेष्ठ नागरिक १०२ वर्षकी अन्नपूर्ण रार्ई र ८९ वषर््िाय डम्बरबहादुर थापा लाई समेत दीर्घ जीवनको सम्मान स्वरूप सम्मानपत्र प्रदान गरिएको हो ।
    शैक्षिक क्षेत्रमा उत्कृष्ट परिणाम हासिल गर्ने विद्यार्थीहरूलाई पनि कार्यक्रममा सम्मान गरिएको छ ।
    २०८१ सालमा सम्पन्न एसइइ परीक्षा उत्कृष्ट सम्राट लिम्बु ,कृतिका भुजेल, सृष्टि लिम्बु र अन्जली गुरुङ लार्ई सम्मानपत्रले सम्मान गरिएको हो ।
    कार्यक्रमका बारेमा जानकारी दिँदै प्रतिष्ठानकी अध्यक्ष कुसुम श्रेष्ठले भुलिँदै गएका व्यक्तित्व र उनीहरूको योगदानलाई पुनः स्मरण गर्दै तिनको आदर्श भावी पुस्ता सम्म शिक्षा, वातावरण संरक्षण र सामाजिक उत्तरदायित्व प्रतिको चेतना आजको पुस्तामा जागृत होस् भन्ने उदेश्य रहेको बताइन ।


    उनले एकजना व्यक्तिको योगदानले समाजमा कति ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने उदाहरण स्वरूप हामी स्व. हरिराज खेवालाई स्मरण गरिरहेको पनी बताइन ।

    कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, छथर जोरपाटी गाउँपालिकाका विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा स्थानीयको उत्साहजनक सहभागिता रहेको थियो ।

4565