-
इटहरी । साउन महिनाको पहिलो सोमवार भगवान शिवको प्रिय महिना अनि दिन । धार्मिक पौराणिक महत्व बोकेको सुनसरी र मोरगंको सिमानामा रहेको वृद्धगंगा नदिबाट जल ल्याएर इटहरीमा रहेको राधाकृष्ण शिव मन्दिरमा चढाउने भक्तजनहरुको भिड लागेको थियो ।
हरेक वर्ष साउन महिनाको सोमवार शिवालयहरुमा जल चढाउने तथा दर्शन र पुर्जाअर्चना गर्ने भक्तजनहरुको भिड लाग्ने गरे झै यस वर्ष पनि साउनको पहिलो सोमवार राधाकृष्ण शिव मन्दिरमा भक्तजनहरुको भिड लागेको हो ।
साउन महिनाको सोमवार भगवान शिवलाई जल चढाए मनोकाँक्षा पुरा हुने विश्वासले देश तथा छिमेकी मुलुक भारत सम्म पनि भक्तजनहरु जाने गरेका छन ।
टाढा टाढाका शिवालयहरुमा पुग्न नसक्ने भक्तजनहरुलाई लक्षित गरी पवित्र धार्मिक महत्व वोकेको वृद्धगंगा नदिबाट आफनै ठाउँमा रहेको शिव मन्दिरमा जल ल्याएर चढाउने व्यवस्था मिलाउदा सहज हुन तर्फ मध्यनजर गर्दै हलुवाई सेवा समिति इटहरीले अघिल्लो वर्ष देखि वृद्धगंगा नदिको जल राधाकृष्ण शिव मन्दिरमा ल्याएर चढाउने कार्यलाई निरन्तरता दिने गरि व्यवस्थापन गरेको छ ।

सोही अन्तरगत यस वर्षको पहिलो साउनको सोमवार विधिवत रुपमा वृद्धगंगा नदिमा पुजाअर्चना गरी राधाकृष्ण शिव मन्दिरमा जल चढाउने कार्यको सुरुवात कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठ इटहरी उपमहानगरपालिका उपप्रमुख संगिता कुमारी चौधरी , नागरिक समाज इटहरीकी पुर्व अध्यक्ष बालिका खड्का लगायतमा सहभागितामा वृद्धगंगा नदिबाट जल ल्याएर राधाकृष्ण शिव मन्दिरमा चढाईयो ।

आफनै ठाउँमा रहेका पवित्र धार्मिक ठाउँहरुलाई चिनाउने उद्धेश्य सहित इटहरीमा बोलबमलाई व्यवस्थित वनाउन हलुवाई सेवा समिति इटहरी अग्रसर भएको अध्यक्ष विक्रम साहले जानकारी दिए ।
विगत देखि नै भक्तजनहरुले इटहरीमा रहेको राधाकृष्ण शिव मन्दिरमा साउन महिनामा विशेष पुजाअर्चना सहित जल चढाउने गरिएको छ ।
News Desk 0 response सोमवार, साउन ५, २०८२
-
सेक्रेड हार्ट कलेजमा ४ वर्षे बीबीए कार्यक्रम सुरु
सोमवार, भदौ ८, २०८३ -
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३
-
सेक्रेड हार्ट कलेजमा ४ वर्षे बीबीए कार्यक्रम सुरु
सोमवार, भदौ ८, २०८३ -
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३
-
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३ -
सेक्रेड हार्ट कलेजमा ४ वर्षे बीबीए कार्यक्रम सुरु
सोमवार, भदौ ८, २०८३





