-
इटहरी । लोकतन्त्रको मेरुदण्ड मानिने प्रेस स्वतन्त्रता र पत्रकारिताको गरिमा माथि प्रहार भएको भन्दै सुनसरीका पत्रकारहरूले आइतबार साँझ सडकमा उत्रिएका छन् ।
इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले दिएको पत्रकार विरोधी टिप्पणी प्रति आक्रोश व्यक्त गर्दै पत्रकारहरूले इटहरीको संगित चोकमा ऐक्यबद्धता सभाको आयोजना गरेका हुन् ।
संगठित रुपमा गरिएको यो प्रदर्शनमा पत्रकारहरुले “स्वतन्त्र प्रेस, सशक्त लोकतन्त्र” भन्ने नारा सहित व्यवसायिक पत्रकारिताको सम्मानका लागि ऐक्यबद्धता जनाएका थिए ।
कार्यक्रमको संयोजन नेपाल पत्रकार महासंघ, सुनसरी शाखाले गरेको सभामा कालो पट्टी बाँधेका पत्रकारहरू, सचेत नागरिक तथा विभिन्न पेशा–क्षेत्रबाट आएका समर्थनकर्ता सहित उभिएका थिए ।
सभालाई सम्बोधन गर्ने वक्ताहरूले नगरप्रमुखबाट अभिव्यक्त भएका विचारलाई लोकतान्त्रिक मूल्य र संविधान विपरीतको कार्य भन्दै खेद व्यक्त गरे ।
उनीहरूले लोकतन्त्र र नागरिक अधिकार सुनिश्चित गर्न पत्रकारिता क्षेत्रको भूमिका अपरिहार्य रहेको उल्लेख गरे ।
नेपाल पत्रकार महासंघ, सुनसरीका पूर्व अध्यक्ष केशव घिमिरेले भने, “प्रशासन, राजनीति वा अन्य कुनै तहबाट पत्रकारिता माथि हुने हस्तक्षेप हामी सहन सक्दैनौं । यो केवल पत्रकारमाथिको मात्र होइन, लोकतन्त्र माथिको हमला भउको बताए ।
त्यस्तै सभामा नागरिक समाज इटहरीका संस्थापक अध्यक्ष प्रा. डा. बद्रीविशाल पोखरेलले पत्रकारिता समाजको ऐना हो । यसलाई धम्क्याएर वा अपमान गरेर लोकतन्त्रलाई कमजोर बनाउने प्रयास खतरनाक भएको बताएका छन ।
कार्यक्रममा सहभागी साहित्यकार मनु मञ्जिल, नागरिक समाज इटहरीका अध्यक्ष आरके राई, बुद्धिजीवी वोधराज नेपाल, एकीकृत समाजवादी पार्टीका नेता रमेश खत्री, नागरिक अगुवा तथा युवा अभियन्ताहरूले पनि प्रेस स्वतन्त्रता र अभिव्यक्तिको अधिकारको पक्षमा आफ्नो स्पष्ट धारणा राखेका थिए ।
नेपाल पत्रकार महासंघ, सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले पत्रकारमाथि धावा बोल्ने, अपमान गर्ने, धम्क्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ हामी कलम चलाएर अन्यायको पर्दाफास गरिरहन्छौं र गरिरहनेछौं ।
उनले यो आन्दोलन कुनै व्यक्ति विशेषको विपक्षमा होइन धरान उपमहानगर पालिका र इटहरी उपमहानगर पालिका विरुद्ध आयोजित सभामा पत्रकारिताको गरिमा र स्वतन्त्रताको पक्षमा गरिएको बताए ।
News Desk 0 response सोमवार, साउन ५, २०८२
प्रदर्शनमा सहभागीहरूले म ब्यवसायिक पत्रकारलाई सम्मान गर्छु ,पत्रकारमाथिको अवहेलना बन्द गर, प्रेस स्वतन्त्रताको पक्षमा छु , जस्ता नाराहरू लेखिएको प्लेकार्ड सहित प्रदर्शन गरेका थिए ।
पत्रकार महासंघले निकट भविष्यमै थप संघर्षका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिरहेको जानकारी पनि कार्यक्रममा दिइएको थियो ।
प्रेसमाथि हुने कुनै पनि प्रकारको हस्तक्षेप, अपमान वा धम्कीलाई कानुनी र जनस्तरमा प्रतिवाद गरिने भन्दै पत्रकारहरूले एकताबद्ध ढंगमा अगाडि बढ्ने घोषणा गरे ।
सभा स्थलमा सुनसरी जिल्लाभरिका अनलाइन, रेडियो, टेलिभिजन, छापा तथा डिजिटल मिडियामा कार्यरत क्रियाशील पत्रकार साथै, विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्था, मानव अधिकारकर्मी र बुद्धिजीवी वर्ग लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।
यस कार्यक्रमले प्रेस स्वतन्त्रताको रक्षा गर्न देशव्यापी पत्रकारहरूलाई पनि सचेत गराउने छ ।
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा ‘ग्राण्ड युरोप एड्मिसन डे’ शैक्षिक मेला हुँदै, २० भन्दा बढी विश्वविद्यालयको सहभागिता
बुधबार, मंसिर १७, २०८२ -
परोपकार सेवा संस्थाद्वारा भवन तथा शिवालय निर्माणार्थ सप्ताह महायज्ञ मंसिर २० देखि हुने
मङ्लबार, मंसिर १६, २०८२ -
जनता क्याम्पसमा अन्तर्राष्ट्रिय सम्मेलन पुस ५र ६ गते हुदै , पाँच देशका प्रमुख वक्ता..
मङ्लबार, मंसिर १६, २०८२ -
स्वर्गीय धरणीधर दाहालका काव्य र जीवनमाथि इटहरीमा विशेष साहित्यिक कार्यक्रम
शनिबार, मंसिर १३, २०८२ -
सामुदायिक सेवामा पाथीभरा स्कूल: मोनमोहनका विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग
शनिबार, मंसिर १३, २०८२
-
इटहरीमा ‘ग्राण्ड युरोप एड्मिसन डे’ शैक्षिक मेला हुँदै, २० भन्दा बढी विश्वविद्यालयको सहभागिता
बुधबार, मंसिर १७, २०८२ -
परोपकार सेवा संस्थाद्वारा भवन तथा शिवालय निर्माणार्थ सप्ताह महायज्ञ मंसिर २० देखि हुने
मङ्लबार, मंसिर १६, २०८२ -
जनता क्याम्पसमा अन्तर्राष्ट्रिय सम्मेलन पुस ५र ६ गते हुदै , पाँच देशका प्रमुख वक्ता..
मङ्लबार, मंसिर १६, २०८२ -
स्वर्गीय धरणीधर दाहालका काव्य र जीवनमाथि इटहरीमा विशेष साहित्यिक कार्यक्रम
शनिबार, मंसिर १३, २०८२ -
सामुदायिक सेवामा पाथीभरा स्कूल: मोनमोहनका विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग
शनिबार, मंसिर १३, २०८२
-
परोपकार सेवा संस्थाद्वारा भवन तथा शिवालय निर्माणार्थ सप्ताह महायज्ञ मंसिर २० देखि हुने
मङ्लबार, मंसिर १६, २०८२ -
इटहरीमा ‘ग्राण्ड युरोप एड्मिसन डे’ शैक्षिक मेला हुँदै, २० भन्दा बढी विश्वविद्यालयको सहभागिता
बुधबार, मंसिर १७, २०८२





