-
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लामो समय नप्रतिनिधीबिहिनको अवस्थामा बिकासे काम देख्न नपाएका यहाका नागरिकहरु यतिबेला खुसी देखिन्छन् । यहको मुख्य समस्या खानेपानीको थियो । तर, रम्बाखोला–माझखोला दिक्तेल सहरी खानेपानी आयोजना अन्तर्गत २२ करोड ५५ लाख ५८ हजारको लागतमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नं २ सोल्मामा पानी फिल्टर केन्द्र धमाधम नर्माण भईरहेको देख्दा यहाका नागरिकहरुमा अब पानीकै लागि काकाकूलको नियती भोग्नुपर्ने बाध्यताबाट मुक्ती पाउने आशामा छन् ।
दिक्तेल साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितीले २०७५ साल १२ महिना ३१ गते सहरी खानेपानी तथा सरसफाई आयोजना सगँ सम्झौता गरि आषिष निमार्ण सेवा कम्पनी भैरवाले कुल २२ करोड ५५ लाख ५८ हजारको ठेक्का लिएर निमार्ण गरेको रक्बाखोला –माझखोला पानी फिल्टर केन्द्रको ८० प्रतिशत काम सम्पन्न भएको निमार्ण कम्पनी आसिष निमार्ण सेवा प्रालिका साईट ईन्जिनियर हेमन्त मण्डलको भनाइ छ ।
त्यस्तै गरि दिक्तेल साना सहरी खानेपानी आयोजनाका अध्यक्ष धनकुमार जोशी निमार्ण हुदै गरेको खानेपानी आयोजनाबाट जिल्लाको सदरमुकाम दिक्तेल बजारका १ हजार ४९ घर धुर लाभाविन्वित हुने बताउनुहुन्छ ।
नगरपालिकाको गौरवको आयोजनाको रुपमा हेरिएको यो पानी फिल्टर केन्द्र निर्माणका लागि नगपालिकाका तर्फबाट आफुले धेरै मेहेनत गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दिपनारायण रिजाल बताउनुहुन्छ ।
विद्यालयका बालबालिकाले लेख्ने निबन्धमा मात्र होइन, नीति निर्मातादेखि अनुसन्धाता र नेतासम्मले भाषणमा नेपाललाई जलस्रोतको धनी देश भनेर बोल्ने र लेख्ने गरेको धेरै भयो । हुन पनि नेपालमा जलस्रोतको उपलब्धता अहिलेसम्मलाई पर्याप्त छ । तर, उचित व्यवस्थापनको अभाबमा केबल भाषण र नाररामै सिमित बन्न पुग्दा समस्या ज्यूका त्यू छ । खोटाङको यस स्थानीय तहले जस्तै अन्य स्थानीय तहलेपनि सक्रियता देखाएर अघि बढ्ने हो भने कुनैपनि नागरिक पानीको अभबले काकाकूलको नियती भोग्न बाध्य हुनुपर्ने थिएन होला ।
News Desk 0 response शनिबार, चैत्र ७, २०७७
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३

बुधबार, अशोज ७, २०८३