-
इटहरी । पछिल्लो समयमा सञ्चार माध्यम तथा सञ्चारकर्मीहरुले भोग्दै आएको चुनौती र समाधानका उपयाहरुको विषय केन्द्रित सुनसरीको इटहरीमा सम्पादक तथा प्रकाशकहरुसंग अन्तरक्रिया गरिएको छ ।
नेपाल पत्रकार महासंघ सुनसरीको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहकार्यमा पत्रकारिता क्षेत्रको चुनौती र समाधानका विषय केन्द्रित सम्पादक प्रकाशकहरुसंग अन्तरक्रिया गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा टेलिभिजन , पत्रिका , अनलाईन ,रेडियो लगायतका सञ्चारमाध्यमहरुले भोग्नु परिरहेको समस्या र चुनौतिहरुका विषयमा समुह वनाएर छलफल गरियो त्यसै गरी समस्या र चुनौतीका समाधानका विषयमा समेत अन्तरक्रियामा सहभागी सम्पादक प्रकाशकहरुले उपायहरु सुझाए ।अन्तरक्रियामा सहभागीहरुले दक्ष जनशक्तिको अभाव , सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र उपलव्ध गराउने लगायतका कतिपय सरकारी नितीहरुका कारण पनि सञ्चारमाध्यम सहित सञ्चारकर्मीहरु समस्यामा पर्दैआएको गुनासो गरेका थिए । पछिल्लो समयमा अन्य सञ्चारमाध्यमहरुका कारण पत्रकारिकताको मुलधारका सञ्चारमाध्यमहरुको विश्वसनियतामा समेत शंका गर्ने अवस्था आएको भनेर सम्पादकहरुले चिन्ता व्यक्त गरे ।

कार्यक्रमका सहभागी सम्पादक तथा प्रकासकहरुले सञ्चारकर्मी तथा सञ्चार माध्यमहरुको क्षमता विकासका लागि पत्रकार महासंघले भुमिका खेल्नु पर्नेमा जोड दिए ।
सोही अवसरमा पत्रकार आचारसंहिताका विषयमा संवाद समेत गरियो । नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज पत्रकारहरु हर्ष सुब्बा,कृष्ण अधिकारी ,कृष्णविनोद लम्साल , गंगा बराल , नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य अमर खड्का लगायतले बोलेका थिए । कार्यक्रममा सुनसरीका विभिन्न ठाउँहरुबाट सञ्चालित पत्रपत्रिका ,अनलाइन , रेडियो , टेलिभिजनका सम्पादक प्रकासकहरुको सहभागिता रहेको थियो ।
News Desk 0 response मङ्लबार, असार १७, २०८२
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





