• इटहरी । समाजमा बढ्दो बाल श्रम, महिला हिंसा र लागुऔषध दुर्व्यसनजस्ता समस्याहरूलाई सम्बोधन गर्न उद्देश्यले इटहरीमा जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ। विविध सरोकारवाला समूहको सहभागितामा सम्पन्न कार्यक्रममा ती समस्याहरूको गहिरो विश्लेषण, अनुभव आदानप्रदान र समाधानको रणनीतिमा केन्द्रित छलफल भएको थियो।

    कार्यक्रममा बालबालिकाको अधिकार, महिलामाथि हुने विभिन्न स्वरूपका हिंसा, र युवाबीच फैलँदो लागुऔषध दुरुपयोगको प्रभावबारे विज्ञहरूद्वारा प्रस्तुति दिइएको थियो।
    साथै, सहभागीहरूलाई यस्ता समस्याको सामाजिक, मानसिक र कानुनी पाटोबारे जानकारीमूलक अभिमुखीकरण गराइएको थियो।

    कार्यपालिका सदस्य राधिका पौडेलले उद्घाटन सत्रमा बोल्दै भनिन्, “बाल श्रम, महिला हिंसा र लागुऔषधजस्ता विकृति हाम्रो समाजकै अस्तित्वमाथि खतरा हुन्।

    कार्यक्रममा बाल अधिकारकर्मी, महिला अधिकारकर्मी, प्रहरी अधिकारी, अधिवक्ता, सामाजिक अभियन्ता, शिक्षक, अभिभावक र युवा स्वयंसेवकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    कार्यक्रमको एक खण्डमा महिला हिंसाका पीडितहरूको प्रत्यक्ष कथा, लागुऔषध सेवनबाट प्रभावित युवाको पुनःस्थापनाको संघर्षपूर्ण यात्रा तथा बाल श्रममा फसिएका बालबालिकाको कथाले सहभागीहरूलाई भावनात्मक रूपमा झस्कायो। पीडितहरूको स्वरले कार्यक्रमलाई अझ सजीव बनाएको सहभागीहरूको प्रतिक्रिया थियो।

    वरिष्ठ प्रहरी नायव निरीक्षक कृष्ण कुमारी अधिकारीले लागुऔषध दुरुपयोगको सामाजिक–स्वास्थ्य असर र कानुनी परिणामबारे जानकारी दिँदै भने, “लागुऔषधको सेवन, कारोबार र ओसारपसार कानुनतः गम्भीर अपराध हो। सजाय पनि त्यत्तिकै कडा हुन्छ।”

    अधिवक्ता वर्षा भण्डारीले महिला हिंसाका विभिन्न आयामबारे चर्चा गर्दै मानसिक, आर्थिक र साइबर हिंसा पनि उत्तिकै खतरनाक हुने उल्लेख गरिन्। उनले समुदायमा कानुनी पहुँच विस्तार गर्न सबै सचेत हुनुपर्ने आवश्यकता औंल्याइन्।

    त्यसैगरी, अधिवक्ता कल्पना पाण्डेले हिंसा र दुर्व्यसनको असर पीडितको मानसिक स्वास्थ्यमा कसरी पर्छ भन्ने विषयमा प्रकाश पार्दै सहानुभूतिपूर्ण व्यवहार र परामर्शको खाँचो औंल्याइन्।

    अधिवक्ता बद्री पोखरेलले भने, “बालबालिकालाई श्रममा लगाउनु शिक्षा र भविष्य दुवैसँग घात हो। यसलाई सामाजिक अपराध मानेर बहिष्कार गर्नैपर्छ।”

    इटहरी उपमहानगरपालिका वडा नं. ९ का सदस्य कपिल घिमिरेले वडा कार्यालयले आगामी दिनमा यस्ता जनचेतनामूलक कार्यक्रमलाई योजनागत प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।

    कार्यक्रममा चारजना विषय विशेषज्ञ प्रशिक्षकहरूले आ–आफ्नो क्षेत्रका विविध पक्षबारे प्रस्तुति दिएका थिए। फरवार्ड मिडिया एण्ड रिसर्च सेन्टरका अध्यक्ष विकल रेग्मीले अनुसन्धानमूलक तथा जनसरोकारका कार्यक्रमहरूमा संस्थाले निरन्तर प्राथमिकता दिँदै आएको जानकारी गराउँदै भविष्यमा पनि यस्ता कार्यक्रम सञ्चालन गरिने जनाए।

    कार्यक्रमको अन्त्यमा सहभागीहरूमाझ अन्तरक्रिया, विचार विनिमय र साझा प्रतिबद्धता अभिव्यक्त गर्ने अवसर प्रदान गरियो। सहभागीहरूको एउटै स्वर थियो

4565