-
इटहरी, । आज असार १५ राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनका रुपमा मनाउने गरिएको छ । सोही अन्तरगत असार १५को अवसर पारेर सुनसरीको इटहरीमा रहेको राष्ट्यि माध्यमिक विद्यालयले पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ ।
इटहरी उपमहानगरपालिका वडा नम्वर १मा रहेको राष्ट्रिय माविका विद्यार्थीले शैक्षिक प्रदर्शनी समेतको आयोजना गरेका हुन । विद्यालयमा आयोजित शैक्षिक प्रदर्शनीमा अभिभावक सहितको सहभागितामा दही चिउरा खाने कार्यक्रम रहेको थियो ।
दहि चिउरा खाने व्यवस्था सहितको शैक्षिक प्रदशनीमा विद्यार्थीले भाषा, कला , संस्कृति संरक्षणमा जोड दिदै साहित्यका किताव सहित विभिन्न पराम्परागत सामाग्रीहरु राखिएका स्टलहरु रहेको कक्षा १२की विद्यार्थी विनिसा खनालले जानकारी गराईन ।

कक्षा १२ को विज्ञान, व्यवस्थापन, शिक्षा, होटल म्यानेजमेन्ट र तीन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ्सँगै कक्षा १० का ‘शिक्षाको संसारबाट कामको संसार’ परियोजनामा छनोट भएका तीनवटा समूहमा आवद्ध विद्यार्थीले दहि चिउरा सहितको एक दिने फुड फेयर एण्ड प्रोजेक्ट वर्क प्रदर्शनी गरेका हुन ।
विद्यार्थीको सहभागितामा पहिलोपल्ट विद्यालयले आयोजना गरेको प्रदर्शनीमा परम्परागत सामाग्रीका साथै विज्ञान प्रविधिका सामग्री राएिका थिए ।

विद्यार्थी आफैले वनाएका खानका परिकार समेत प्रर्दशनीमा राखिएको वताउदै विद्यालय व्यवस्थापन समितीका अध्यक्ष कोविदजंग कार्कीले विद्यार्थीको प्रतिभा प्रर्दशनीका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
विद्यालयले सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रूपमा उतार्न विद्यार्थीहरूको सिकाइमा गहिराई र व्यावहारिकता ल्याउँन विभिन्न स्टलहरू राखेर अन्य विद्यालयका विद्यार्थीहरुलाई अवलोकन गराएको विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतले बताए ।
विद्यालय परिसरमा १४ वटा स्टलहरू विभिन्न स्टरहरु राखिएका थिए ।यस प्रकारका क्रियाकलापहरूले शिक्षाको क्षेत्रलाई थप समृद्ध बनाउनमा ठूलो भूमिका खेल्छ।
News Desk 0 response आइतवार, असार १५, २०८२
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





