• इटहरी । सुनसरीको इटहरीमा भगवान जगन्नाथ, बलदेव र शुभद्रा माहारानीको तेस्रो ऐतिहासिक जगन्नाथ रथयात्रा धार्मिक उत्साह र भक्ति भावनाका साथ भव्यरूपमा सम्पन्न गरेको छ ।
    अन्तर्राष्ट्रिय कृष्णभावना मृत संघ (इस्कोन) इटहरी रथ यात्रा महत्सव समिति इटहरीको आयोजनामा गरिएको यो रथयात्रा इटहरी नगरका मुख्य बजार क्षेत्रको परिक्रमा गर्दै सम्पन्न गरिएको हो ।
    उद्घाटन कार्यक्रमका प्रमुख अतिथि राधेश्याम सेवा ट्रस्ट नयाँ वृन्दावन गौशालाका संरक्षक महामण्डलेश्वर दिनबन्धु शास्त्रीले सदियौंदेखि चली आएको हिन्दू धर्म, संस्कृति र परम्पराको जगेर्ना गर्नु, युवापुस्तालाई आध्यात्मिक मार्गतर्फ आकर्षित गराउनु र समाजमा शान्ति, सद्भाव तथा नैतिक मूल्यहरूको प्रवद्र्धन गर्न यो रथयात्राको उद्देश्य रहेको बताए ।
    उनले भगवान जगन्नाथ, बलदेव र शुभद्रा माहारानीको विषयमा चर्चा गरेका थिए ।

    धार्मिक संस्थाहरूबीच आपसी सहकार्य, भक्तजनहरू बीचको सम्बन्ध सुदृढ बनाउने र इटहरी जस्तो बहुसांस्कृतिक शहरमा धार्मिक पर्यटनको प्रवद्र्धन गर्ने लक्ष्य सहित विभिन्न धार्मिक कार्यक्रहरु ह्ुदै आएको छ ।
    रथयात्रा कार्यक्रमले समाजमा धर्मप्रतिको आस्था बढाउनुका साथै एकता, सद्भाव र सहिष्णुताको सन्देश पनि दिएको छ । “भगवान जगन्नाथको रथयात्रा केवल धार्मिक यात्रा मात्र नभई यो हाम्रो सांस्कृतिक पहिचानको प्रतीक रहेको बताउदै आगामी दिनमा इटहरी उपमहानगर पालिकाले रथयात्राका लागी भब्य र सभ्य बनाउन सहयोग गर्ने इटहरी उपमहानगरपालिका प्रवक्ता तथा वडा नं. ६ का अध्यक्ष दिवश पोख्रेलले बताए ।
    सदियौंदेखि प्रचलित हिन्दू धर्म र संस्कृति संरक्षण गर्दै समाजमा आध्यात्मिक जागरण ल्याउने मुख्य उद्देश्य सहित इटहरीमा स्थापना गरेर युवापुस्तामा हुने आत्महत्या , तनाव लाई न्युनिकरण गर्न सनातन धर्मप्रतिको आस्था जागृत गराउनु, आध्यात्मिक जीवनशैलीको अभ्यास गराउने उद्देश्य रहेको इस्कोन इटहरीका अध्यक्ष ललितबहादुर बानियाँले बताए ।

    रथ यात्रा महोत्सव समितिका अध्यक्ष विष्णु रिजालले कार्यक्रमको समापनमा मन्तव्य दिँदै भने,यो रथयात्रा केवल रथ घुमाउने कार्यक्रम होइन, यो एक भक्तिको यात्रा हो – जसले समाजमा अध्यात्म, सेवा र मानवताका मूल्यहरू फैलाउने काम गर्छ ।
    यसमार्फत हामी सबैले धर्मको मर्म बुझ्ने अवसर पाउने बताए ।

    रथयात्रा इस्कोन इटहरी सेन्टरबाट विधिवत रूपमा सुरु गरि नगरका मुख्य चौक, क्षेत्रहरूमा परिक्रमा गराई पुनः इस्कोन सेन्टरमै फर्किएको थियो ।
    रथयात्राका क्रममा भक्तजनहरूले हरिनाम संकीर्तन, भजन–कीर्तनमा ,सक्रिय सहभागिता जनाएका थिए। यसै अवसरमा भक्तजनहरूलाई प्रसाद वितरण गरिनुका साथै आध्यात्मिक प्रवचन पनि गरिएको थियो।


    यस रथयात्रामा जीवन विज्ञान समिति, पतञ्जली योग समिति, हलुवाइ सेवा समिति, छैठ सेवा समिति लगायतका विभिन्न धार्मिक तथा सामाजिक संघ–संस्थाहरूका प्रतिनिधि तथा हजारौं श्रद्धालु भक्तजनहरूको सहभागिता रहेको थियो।
    कार्यक्रममा कोशी प्रदेशसभा सदस्य मिना श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष भीमबहादुर पौडेल, राधाकृष्ण शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विश्वप्रसाद रिजाल, , वडा नं. ९ का अध्यक्ष जितेन्द्र थापा, छैठ सेवा समितिका अध्यक्ष मनोज चौधरी, विश्व आदर्श कलेजका अध्यक्ष लेखनाथ घिमिरे, विभिन्न जिल्लाबाट आएका इस्कोनका अध्यक्ष तथा पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो भने रथयात्रा कार्यक्रमलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी, स्काउट टोली लगायत विभिन्न स्वयंसेवी संस्थाहरूको टोली परिचालन गरिएको थियो ।

4565