सप्तकोशीको सम्भावित विपद् न्यूनीकरणका लागि सुनसरी–उदयपुरका सरोकारवालाबीच रणनीतिक साझेदारी योजना तयार
-
इटहरी । नेपालको प्रमुख नदीमध्ये एक सप्तकोशीले प्रत्येक वर्ष बाढी र डुबान बाट सुनसरी तथा उदयपुर जिल्लामा मानवीय तथा भौतिक क्षति पु¥याउँदै आएको सन्दर्भमा, उक्त जोखिम न्यूनीकरणका लागि सरोकारवाला निकायहरूको सहभागितामा रणनीतिक प्रतिकार्य योजना निर्माण गरिएको छ ।
इटहरी स्थित नेपाली सेनाको भगवती दल गणको अगुवाइमा शुक्रबार इटहरीमा सम्पन्न कार्यशाला मार्फत सुनसरी र उदयपुरका सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधि, रेडक्रस सोसाइटी लगायतका सरोकारवाला निकायहरू बीच अन्तर जिल्ला समन्वय सहितको रणनीति तय गरिएको हो ।
सप्तकोशी नदी हरेक वर्ष मनसुनको समयमा अत्यधिक वर्षाका कारण दोभान क्षेत्रहरूमा बाढीले बगाउने गरेको छ ।
सुनसरीको चतरादेखि दक्षिण र उदयपुरको बेलका नगरपालिका क्षेत्र आसपास डुबान, कटान तथा पहिरोको जोखिममा रहने गरेका छन ।
स्थानीय बासिन्दाले हरेक वर्ष घरबार गुमाउनुका साथै कृषि, पशुपालन र पूर्वाधारमा समेत क्षति व्यहोर्दै आएका छन् ।
कार्यक्रममा नेपाली सेना सँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय तह बीचको संयुक्त समन्वयमा विपद् व्यवस्थापनमा तत्काल प्रतिक्रिया दिने व्यवस्था सुनिश्चित गरिएको छ ।
यस वर्षको मनसुनमा औसत भन्दा बढी पानी पर्ने भएपछि सुनसरी र उदयपुरमा सप्तकोशी नदीबाट हुन सक्ने सम्भावित विपद् व्यवस्थापनका लागि तीनवटै सुरक्षा निकायबीच छलफल गरी प्रतिकार्य तयारी गरिएको नेपाली सेनाको भगवती दल गण सुनसरीका गणपति प्रमुख सेनानी राजन भुजुले जानकारी गराए ।
विपद्को २४ घण्टाभित्र तत्कालका लागि गर्न सकिने काम कारबाही, आपतकालीन सूचना व्यवस्थापन, राहत तथा उद्धारका लागि सबै संयन्त्र तयारी अवस्थामा रहेको दुवै जिल्लाका सुरक्षा अधिकारी तथा जनप्रतिनिधिले बताए ।
कार्यक्रममा नेपाली सेना र रेडक्रसका पदाधिकारीहरूले आपतकालीन राहत सामग्री र उद्धार स्रोतहरूको विवरण प्रस्तुत गरेका थिए ।
News Desk 0 response शुक्रबार, असार १३, २०८२
तत्काल हुने जोखिम लाई मध्यनजर गरी १५० जनालाई राहत दिन सक्ने गरी खाद्यान्न, त्रिपाल, लत्ताकपडा, भाडाकुँडा, प्राथमिक उपचार औषधि लगायतका सामाग्रीहरु तयारी अवस्थामा रहेको जानकारी दिइयो ।
उद्धारका लागि प्रयोग हुने २ वटा रबर बोट, पिकअप भ्यान, एम्बुलेन्स लगायतका साधन र जनशक्ति समेत तयारी अवस्थामा राखिएको उल्लेख गरिएको छ ।
कार्यक्रममा निम्न पाँच मुख्य लक्ष्यलाई आधार बनाएर रणनीति तय गरिएको थियो ।
विपद् आइपरेको २४ घण्टाभित्र प्रभावकारी निर्णय, सूचना प्रवाह र राहत वितरणमा समन्वय कायम गर्ने ,उच्च जोखिम युक्त क्षेत्रको पहिचान गरी पहिलेनै स्थानान्तरण गर्न मिल्ने ठाउँहरूको व्यवस्थापन गर्ने,उद्धारपछि स्थानान्तरण गरिएका नागरिकलाई सुरक्षित, शुद्ध र पर्याप्त राहत सुनिश्चित गर्ने र विपद् व्यवस्थापनका लागि पूर्वतयारी अभ्यास लाई नियमित र व्यावहारिक बनाउने बताइयो ।
वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले वर्षेनी बाढीको समस्या भोगिरहेका समुदायलाई अब पूर्व तयारीमा आधारित संरचना निर्माण तर्फ लैजानुपर्ने बताए ।
उनले जोखिमको सूचनालाई घर–घर पु¥याउने, चेतना मूलक कार्यक्रम सञ्चालन गर्ने र ’कम जोखिम क्षेत्र’ पहिचान गरी सुरक्षित स्थानान्तरणको योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमको समापनमा सहभागी सबै निकायले आगामी दिनमा विपद् व्यवस्थापनको तयारीलाई केवल कागजी योजना नभई व्यावहारिक अभ्यासको रूपमा लागू गर्नुपर्नेमा जोड दिए ।
नेपाली सेनाको नेतृत्वमा गरिएको यस्तो संयुक्त अभ्यासले विपद् व्यवस्थापनमा उदाहरणीय साझेदारीको सुरुवात गरेको सहभागीहरूको धारणा राखेका थिए ।
वराहक्षेत्र नगरपालिका र बेलका नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा नं. २ वाहिनी अड्डाका बाहिनीपति सहायक रथी दिल बिक्रम सुब्बा,जिल्ला प्रशासन कार्यालय, सुनसरीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्र, जिल्ला प्रशासन कार्यालय, उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेल, वराहक्षेत्र नगरपालिकाकी उप प्रमुख नन्दकुमारी सुनुवार, बेलका नगरपालिकाकी उप प्रमुख जिया राई लगायतको सहभागिता रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





