• इटहरी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत काकडभिट्टा–लौकही सडक आयोजना (पश्चिम खण्ड) अन्तर्गत इटहरी बुढी खोला देखि लविपुर सम्मको सडक स्तरोन्नति कार्यका लागि घर संरचनाहरु हटाउने सम्बन्धमा इटहरीका ब्यवसायीहरुले सडक विस्तारको मिति सार्न माग गरेका छन् ।

    असार २२ गते आयोजनाले सूचना प्रकाशन गरी संरचनाहरु हटाउन सूचित गरेसँगै इटहरीका ब्वयवसयिहरु समस्यामा गर्ने भएको हुदा उद्योग वाणिज्य संघ, इटहरीको पहलमा प्रभावित स्थानीय व्यवसायी र सरोकार निकायबीच छलफल गरी सम्बन्धित निकायहरुमा सुझाव र अनुरोध पेश गरेका छन् ।
    बुधबार जिल्ला प्रसासन कार्यलय सुनसरीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रलाई अनुरोध पत्र उद्योग वाणिज्य संघ, इटहरीकी पुर्व कोषाध्यक्ष गायत्री भण्डारी,अनिल सुब्बा लगायतले हस्तान्तरण गरेका छन् ।
    व्यवसायीहरूले वर्षायाम सुरु भइसकेको अवस्थामा घर संरचना भत्काउने कार्यले थप कठिनाइ सिर्जना गर्ने जनाएका छन् ।
    भारी वर्षाले सडकमा बाढी र डुबानको अवस्था निम्त्याउने भएकाले संरचनाहरु हटाएर निर्माण कार्य अघि बढाउँदा जनधनको जोखिम समेत बढ्ने र कतिपय व्यवसायीहरूको पसल नै सार्नुपर्ने भएकाले सामानको सुरक्षाका साथै भण्डारणमा समस्या हुने हुदा मिति सार्न ब्यवसायीहरु चिन्ति भएकाले इटहरी उपमहानगर पालिका ,सडक डिभिजन लगायका सम्बन्धित निकायमा अनुरोध पत्र बुझाएको उद्योग वाणिज्य संघ, इटहरीकी पुर्व कोषाध्यक्ष गायत्री भण्डारीले बताइन ।
    सडक आयोजना अन्तर्गत हाल गरिने डिजिटल नापीका क्रममा पहिल्यै २५ वर्षअ गाडि नापी अनुसार निर्माण गरिएका पिल्लर, छत तथा अन्य संरचनाहरू सडक भित्र पर्ने देखाइएकोमा स्थानीयहरू आश्चर्यचकित र निराश भएका छन ।
    पहिलेको मापदण्ड अनुसार ८२.५ फिट भित्र नपर्ने भनिएका संरचनाहरू नयाँ नापी अनुसार करिब २ फिट भित्र पर्न गएको उल्लेख गर्दै व्यापारीहरूले त्यसका कारण गम्भीर क्षति पुग्ने खतरा औंल्याएका छन ।
    छज्जा वा पिल्लर भत्काउँदा ३–४ तल्ला घरसमेत भत्किन सक्ने अवस्था आएको उनीहरुको गुनासो छ ।
    उता, आगामी नेपालीहरुको महान पर्व दशैं र तिहार नजिकिँदै गर्दा यस समयमा सडक निर्माणले व्यापार र ग्राहक सेवामा प्रत्यक्ष असर पर्ने भन्दै सरोकारवालाहरूले आयोजनालाई मिति सार्न पुनः आग्रह गरेका छन ्।
    कोरोनापछि देखिएको आर्थिक मन्दी तथा व्यापारीहरूको हालको कठिन आर्थिक अवस्था झनै कमजोर हुने भन्दै सहानुभूति जनाउन समेत सम्बन्धित पक्षसँग उद्योग वाणिज्य संघ तथा स्थानीय व्यापारीहरुको आग्रह गरेका छन् ।

4565