-
रामधुनी । रामधुनी नगरपालिकाको १८ औँ नगर सभा बाट आ.ब.२०८२।०८३ को कुल बजेट रु ८७ करोड ८ लाख ६६ हजार ९ सय ४९ रुपैयाको बजेट प्रस्तुत गरेको छ ।
रामधुनी नगरपालिकाकी उपप्रमुख तार थापाको अध्यक्ष्ता तथा नगर प्रमुख शंकरलाल चौधरीको प्रमुख आथित्यमा भएको नगरसभाले बजेट प्रस्तुत गर्दै चालु र पूँजिगत तर्फ खर्चको अनुमानित बजेट प्रक्षेपण गरेका हुन् ।
पूर्वाधार, शिक्षा, स्वास्थ्य विकासकामा प्राथमिक्तामा राखिएको छ ।
नगरको गौरवको योजना सहित योजना निर्माण र कार्यान्वयन प्रणाली सुधार लगायत सुुरक्षित, समावेशी र व्यवस्थित सहरीकरणका लागि भौतिक पुर्वाधारमा १२ करोड ८ लाख ५० हजार रकम विनियोजन गरेको छ ।
नगरको सामाजिक विकासका लागि रु १ करोड ९७ लाख विनियोजनगरी गुणस्तरीय शिक्षा प्रोत्साहन र उत्कृष्ट विद्यालयलाई पुरस्कृत गरिने छ ।
शैक्षिक अभियान अन्तर्गत सबै बालबिालिकालाई विद्यालय भर्ना गराउन अभियान संचालन गरिने छन् ।
सामाजिक विकास अन्तर्गत युवा खेलकुद र उद्यम, सामाजिक समावेशिता र सुरक्षा, संस्कृति, भाषा, प्रविधिमा विकास गर्ने विनियोजित बजेट रहेको छ ।
आर्थिक विकासमा १ करोड ७५ लाख, वनवातावरण तथा विपद व्यवस्थापनका लागि रु ४० लाख ५० हजार , शुशासन तथा संस्थागत विकास ४२ लाख रकम विनियोजन बजेट प्रस्तुत गरिएको थियो ।
News Desk 0 response बुधबार, असार ११, २०८२
विनियोजन गरिएको बजेट, नीति तथा कार्यक्रमले आम नगरवासीको हितका लागि ल्याएको नगर प्रमुख चौधरीले बताए ।
सोही कार्यक्रमको अवसरमा नगर प्रहरी लाई तालिम प्रदान गर्ने नेपाल प्रहरीका प्रशिक्षक लाई सम्मान गरिएको भने पालिकामा कार्यरत उत्कृष्ठ कर्मचारी,सफाई कर्मचारीलाई सम्मान सहित पुरस्कृत गरिएको छ ।
त्यस्तै नगरपालिका कार्यलय निर्माणका लागी जग्गा प्रदान गर्ने जग्गा दाता स्वः जयनारायण आचार्य र स्वःराधादेवी आचार्यको सालिक अनावरण गरिएको संगै आचार्यका परिवारलाई नगर प्रमुख, नगर उप प्रमुखले दोसल्ला ओढाइ सम्मान गरेका थिए ।
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





