• ईटहरी । युवाहरुको ज्ञान र शिपलाइ उद्यमशिलता विकास तर्फ अभिप्रेरित गरी स्वरोजगारको माध्यमबाट आर्थिक एवं औद्योगिक विकासका लागि युवा सशक्तिकरणमा योगदान पु¥याउने उद्देश्यका साथ स्थापित नेपाली युवा उद्यमी मञ्च, सुनसरी शाखाको आयोजनामा कलेज स्तरीय विजनेश आईडिया प्रतियोगिता सम्पन्न भएको छ ।

    ईटहरी र धरान र सुन्दरहरैचाका इटहरी इन्टरनेशनल, शुष्मा गोदावरी कलेज, कस्तुरी कलेज,काशी सेन्टजेम्स कलेज लगायतका कलेज७ वटा कलेजहरुका विधार्र्थीको सहभागिता रहेको प्रतियोगितामा विधार्थीहरुले आ–आफनो विजनेश आईडिया प्रस्तुती गरेका थिए ।

    प्रस्तुतीको क्रममा सहभागिहरुले आफनो व्यवसायीक आईडिया र वस्तुको वारेमा व्यवसायीकरणको सम्भावना, वित्तिय प्रक्षेपण, बजारको अवस्था र आगामी रणनीति लक्षित ग्राहक लगायतका विषय समेटिएको प्रस्तुतीकरणहरु गरेका थिए ।

    प्रतियोगितामा विभिन्न ७ वटा कलेज मध्य आइ आइसी इटहरी इन्टरनेशनल कलेजका विद्यार्थीहरु प्रथम हुन सफल भएका थिए ।
    विजेताहनेलाई कार्यक्रममा युवा उद्यमी मंच सुनसरी शाखाका अध्यक्ष सिद्धार्थ श्रेष्ठ लगायतले वीउ पूंजी वापतको प्रथम किस्ताको रकम प्रदान गरेको छ ।

    कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले नेपाल सरकारले निति तथा कार्यक्रममा तिनै तहका सरकार हरुले नव प्रवद्धनलाइ प्रामोसन गर्ने पाट टाइम जबलाई सुनिश्चित गरेको छ जुनकामको लागि स्स्थाइ खालको कर्मचारी चहिदैन निजि क्षेत्रबाट यसरी अगाडी बढाउन खोजिएको भण्डारीले बताए ।
    उनले युवा शक्ति राष्ट्रको निर्माणको आधारशिला भएकाले उनीहरूलाई सही दिशा र अवसर दिइनु पर्ने धारणा राखे । देशको समृद्धिका लागि युवा पुस्तामा निहित नया सोच र अवधारणालाई आर्थिक एवं औद्योगिक विकासमा प्रयोग गर्नसके राष्ट्र निर्माण केवल सपना नभई यथार्थमा परिणत हुने विचार उनले व्यक्त गरे ।
    कार्यक्रममा युवा उद्यमी मंच, सुनसरी च्याप्टरका अध्यक्ष सिद्धार्थ श्रेष्ठले रोजगार र सुनौलो भविष्यको खोजीमा युवाहरु विदेशिने क्रम वढ्दै गएकाले स्वदेश व्यवसाय विकासको नया अवसरहरु पहिल्याउन प्रतियोगिताले सहयोग पु¥याउने वताए ।
    उनले विद्यार्थीहरुको सहभागिता रहेको यस कार्यक्रमले उद्यमशीलता प्रति युवाहरुको अभिरुचि वढाई भविष्य निर्माणमा नया आयाम थप्ने विश्वास व्यक्त गरे ।
    सुनसरीका विभिन्न व्यवसायमा आवद्ध ४० वर्ष मुनीका युवाहरुको रहेको यस मञ्चले तालिम, गोष्ठि, सेमिनार, लर्निङ सेसन, थिमेटिक सेसन आयोजना गर्नुका साथै दैविक प्रकोपको समयमाराहत तथा स्वास्थ्य सामाग्रि वितरण, रक्तदान कार्यक्रम र विभिन्न सरकारी विद्यालयहरुमा पठन पाठन एवं खेलकुदका सामाग्रि वितरण गर्दै आएको छ ।

4565