-
परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले प्रतिनिधिसभा पुर्नस्थापना भएपछिका बैठकहरु अपेक्षा अनुरुप सञ्चालन हुन नसकेकोमा गुनासो गर्नुभयो । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उहाँले सुरुका बैठकहरुमा अत्यावश्यक र जनजीवसंग सरोकार राख्ने विधेयकहरु प्रस्तुत गर्न नदिएकोमा गुनासो गर्नुभएको हो । उहाँले फागुन ११ गतेको सर्वोच्च अदालतको फैसलापछि प्रतिनिधिसभा पुर्नस्थापना भएको र यसलाई पार्टी र सरकारले स्वीकार गरेको तर सुरुवातका बैठकहरुमा राम्रो संकेत नदेखिएको बताउनुभयो । उहाँले सदनलाई व्यक्तिका अतिरिक्त आकांक्षा भन्दा अग्रगामी एजेण्डामा केन्द्रीत हुन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो “सुरुका केही बैठकहरु जसरी अघि बढे तीनीहरुले राम्रो संकेत भने गरेनन् । सदनका बैठक नचलेका बेला सरकारले अध्यादेश ल्याउन सक्ने र ती अध्यादेश संसदको पहिलो बैठकमा प्रस्तुत गर्नुपर्ने संबैधानिक व्यवस्था छ । तर हामी यस्तो अवस्थामा पुग्यौं अत्यावश्यक र ज्यादै जनजीवन संग सरोकार राख्ने विधेयकहरु समेत सदनमा प्रस्तुत हुन सकेन । ”उहाँले प्रतिनिसभाको ७ औ अधिवेशन सुरु भएकोमा सबै सांसद र सबै राजनीतिक दलहरुलाई हार्दिक शुभकामना दिदै विधि निर्माणमा थप सक्रिय बनोस् भन्ने कामना पनि गर्नुभयो । संसद दलहरुबीच नयाँ समझदारी निर्माण गर्दै विधिविधान निर्माण गर्ने सवालमा हिउँदे अधिवेशन सफल होस् भन्ने कामना पनि गर्नुभयो । .उहाँले सर्वोच्चका आदेशसंग हाम्रा व्यवहारहरु कति मेल खान्छन् भन्ने समिक्षा गर्नु जरुरी रहेको बताउनुभयो ।
उहाँले आफु सम्बद्ध राजनीतिक दल र सरकार आफ्नो अनुकुल फैसला आउँदा विजयोत्सव र प्रतिकुल आउँदा झुक्याएर बस्ने गल्ति नगर्ने स्पष्ट पार्नुभयो ।उहाँले भन्नुभयो“अदालत स्वतन्त्र छ फैसला गर्नका लागि । मैले प्रतिनिधित्व गर्ने राजनीतिक दल र वर्तमान सरकार फैसला आउँदा न लड्डु खाएर खुसीयाली मनाउँछ न झोक्याएर नै बस्छ । हामी दुवै मुद्दा हारेका छौ तर अदालतलाई कुनै आपेक्ष लगाएका छैनौ।”
उहाँले अन्तरविरोधहरु देखिए पनि संविधान नमान्ने र देशको अस्तित्वलाई चुनौति दिने प्रवृत्तिलाई समाप्त पार्दे सिंगो राष्ट्रलाई एकठाउमा ल्याउने काम भएकाले राजनीतिक हिसावले अब मुलुक द्धन्द्धमुक्त भएको बताउनुभयो ।उहाँले मुलुक विकाससिल मुलुकमा अंकित हुने चरणमा पुगेको, मेलम्चीको पानी सुन्दरीजल आएको र अर्को हप्ताबाट काठमाण्डौको धारामा पानी आउन थाल्ने, सुनकोशी डायर्भसनले तराईलाई सुन फल्ने देश बनाउने चरणमा पुर्याउने, नागढुंगा सुरुङ मार्गको निर्माण कार्य सुरु भएका, आगामी दुई बर्ष भित्र कालो पत्रे नपुगेका प्रत्येक पालिकालाई कालोपत्रे सडकले जोड्ने गरि कामको सुरुवात भएको भन्दै उहाँले सरकारले गरेका कामकारवाहीको फेयरिस्त नै राख्नुभयो ।
उहाँले सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी चैत ९ गते गर्न लाग्नुभएको बंगादेशको औपचारिक राजकिय भ्रमणबारे सदनलाई जानकारी गराउनुभएको थियो ।
News Desk 0 response शुक्रबार, चैत्र ६, २०७७
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३





