-
इटहरी । नेपाल औषधी व्यवसायी संघ सुनसरीले थोक व्यापारीहरूसंग अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।
सुनसरीमा औषधी व्यवसायी संचालन गर्दै आएका ब्यवसायीहरुको समस्यामा संघले केही समाधान गर्न थोक व्यापारीहरूसंग अन्तरकृया कार्यक्रमको आयोजना गरेको हो ।
गंगा जमुना होटलमा भएको अन्तरकृया कार्यक्रममा बोल्दै सहभागीहरुले पछिल्लो समय औषधी व्यवसायीहरूले खुद्रा व्यापारिहरूलाइ औषधीजन्य सामग्री बितरण गर्दा मुल्य एकरूपता नभएको टिका टिप्पणी गरेका थिए ।
स्वास्थ्य विमाका कारण औषधीको कारोवारमा कमि आएसंगै थोक विक्रेताहरुले बजारमा गरेको लगानि जोखिममा रहेको, बताए ।
कारोवारमा कमि आए संगै अस्वस्थ्य प्रतिस्पर्धा बढेको, स्वास्य विमा लागु भएका फार्मेसीहरुमा थोक विक्रेता मार्फत नभएर सिधै कम्पनि तथा आयातकर्ता मार्फत औषधि खरिद हुनु गरेकोले औषधीका थोक विक्रेताहरु थप समस्यामा गर्ने नेपाल औषधी व्यवसायी संघ सुनसरीका महासचिव नविन राज गौतमले वताए ।
त्यस्तै सरकारले बिमा बापत प्राप्त औषधीहरूलाइ केहि व्यवसायीहरूले ब्यापक दुरूपयोग गरिरहेको प्रती चिन्ता प्रकट गर्दै त्यस्ता कृयाकलापहरू तत्काल बन्द गराउन आफै सक्रिय हुनुपर्ने कायक्रममा सुझाव राखेका थिए ।
News Desk 0 response आइतवार, जेष्ठ २५, २०८२
साथै तोकिएको क्षेत्र बाहेकका बाहिरी जिल्लामा पनि केहि औषधी व्यवसायीहरूले मनोमानी ढंगबाट कारोबार गर्ने गरेकोले यस्ता गतिविधीहरू तत्काल नियन्त्रण हुनुपर्ने जस्ता विषयहरू अन्तरक्रियामा उठाइएका छन् ।
कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ खुद्रा उपाध्यक्ष इन्द्र बहादुर श्रेष्ठले स्वागत मन्तब्य राख्दै औषधी ब्यवसायीहरुको समस्याका विषयमा जानकारी गराएका थिए ।
नेपाल औषधी व्यवसायी संघ सुनसरीका अध्यक्ष दिपेन्द्र कुमार शाहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ सुनसरीका सस्थापक अध्यक्ष रविन्द्र घिमिरे,प्रदेश कोषाध्यक्ष प्रभात श्रेष्ठ,प्रदेश सचिव झरना न्यौपाने लगायतका धरान , इटहरी , इनरूवा लगायतका ५० भन्दा बढि औषधी व्यवसायीहरूको उपस्थिती रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





