• इटहरी । ५३औं विश्व वातावरण दिवसको अवसरमा इटहरीमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम गरि मनाएको छ ।
    समृद्ध नेपाल, हाम्रो अभियानस प्लास्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्वू भन्ने मूल नाराका साथ ५३औं विश्व वातावरण दिवसको अवसरमा प्रभातफेरी सहित वृक्षरोपण तथा सरसफाइ गरि मनाएको हो ।
    बुल्स एलेभेन क्लबको आयोजना तथा विभिन्न संघ सस्थाको सहयोगमा वातावरणीय सचेतना जगाउने उद्देश्यले विश्व वातावरण दिवस भब्य रुपमा मनाएको छ ।

    सोही अवसरमा इटहरीलाई सफा सुन्दर राख्ने उदेश्यले चौक वरी परी रहेको विरुवा गोड्र्दै थप विरुवा पनी रोपेर उत्तरदायित्व अन्तर्गत प्रत्येक वर्ष जस्तै यस वर्ष पनि क्लबले स्थानीय तहका विभिन्न निकायहरू तथा संघसंस्थाहरूसँग सहकार्य गर्दैे कार्यक्रमको आयोजना गरेको बुल्स एलेभेन क्लबका उपाध्यक्ष रामु राईले बताए ।

    कार्यक्रममा सुनसरी वैदेशिक रोजगारी हकहित संघ, नेपाल तामाङ घेदुङ युवा संघ, किरात राई याख्येखा वडा नं. ६, चन्द्र मेमोरियल इङ्लिस स्कूल, इटहरी, पेस्को ब्यूटी पार्लर, इटहरी, इलाका प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय,नगर प्रहरी लगायतका संघ,सस्थाका प्रतिनिधीहरुको सहकार्यमा भएको कार्यक्रममा इटहरी उपमहानगर पालिका वडा नम्बर ९ का अध्यक्ष जितेन्द्र थापा ,मदिरा ब्यवसायि संघका अध्यक्ष राजेन्द्रकुमार राइ,किवानिस क्लबकी पुर्व अध्यक्ष मनिता तामाङ लगायतको सहभागिता रहेको थियो ।

4565