• काठमाडौँ । आज पनि सार्वजनिक यातायातका साधन नचल्दा काठमाडौं उपत्यका सहित देशै भरी सडकहरु सुनसान बनेका छन् । जसका कारण दैनिक कामकाजमा जाने सर्वसाधारणहरु मर्कामा परेका छन् ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरीका प्रवक्ता दीपक गिरिका अनुसार मंगलबार केही गाडीहरु छिटफुट रुपमा चलेका छन् । मयुर यातायात, थानकोट जाने फोर्स गाडी र केही भाडाका ट्याक्सीहरु चलेका छन्। त्यस्तै साझा यातायातका बसहरु पनि आज सडकमा गुडेको देख्न सकिन्छ । मंगलबार काठमाडौं उपत्यकामा साझा यातायात र प्रहरीले पनि काठमाडौंमा निस्शुल्क बस सञ्चालनमा ल्याएको थियो ।मबार मध्यरातमा संघीय सरकार र यातायात व्यवसायी संघबीच ‘राइड सेयरिङ’ नियमावली स्थगित गर्ने विषयमा गण्डकी सरकारलाई पत्राचार गर्ने सहमति भएपनि यातायात व्यवसायीले मंगलबार पनि सार्वजनिक सवारी साधन नचलाएका हुन् ।

4565