• काठमाडौं । राजावादी समूह र राप्रपा द्वारा आयोजित १५ जेठको प्रदर्शनी शान्तिपूर्णरूपमा सम्पन्न गरेको छ ।
    प्रदर्शनमा उत्साहित नेता तथा कार्यकर्ताहरूले यसलाई आफ्नो संघर्षको निरन्तरताको रूपमा लिएका छन्।
    कार्यक्रममा केही व्यक्तिहरूको घुसपैठ प्रयास गर्दा राप्रपा कार्यकर्ताले ती व्यक्तिहरूलाई समातेर प्रहरीको जिम्मा लगाएको जानकारी प्राप्त भएको छ।

    नेता कमल थापाले प्रदर्शनका क्रममा उपस्थित सबैलाई आह्वान गर्दै आगामी दिनमा पुनः प्रदर्शन गर्ने योजना बनाएका छन्।


    उनले भोलि दिउँसो १२ बजे विभिन्न स्थानमा जम्मा भएर काठमाडौंका मुख्य स्थानहरूमा नारा जुलुस गर्ने आग्रह गरेका छन्।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने, आन्दोलन केवल कास्टिङको रूपमा बुझ्नुपर्ने र व्यवस्था परिवर्तन नभए सम्म संघर्ष जारी राख्ने प्रतिबद्धता जनाए। यसले राजावादी समूहको दृढता र एकता दर्शाउँने र संघर्षको कार्यक्रमलाई निरन्तरता दिने जानएको छ ।

4565