-
इटहरी । नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसको अवसर पारेर सप्ताहव्यापी कार्यक्रम गर्दै आएको सुनसरी शाखाले आज वराहक्षेत्र नगर अस्पतालमा विरामीहरुलाई फलफूल वितरण गरेको छ ।
प्रेस युनियनको स्थापना दिवसको अवसर पारेर सुनसरी शाखाले दिप प्रज्वलन , प्रभात फेरी सहित फलफूल वितरण गरेको हो ।
News Desk 0 response बिहिबार, जेष्ठ १५, २०८२
वराक्षेत्र नगर अस्पतालको आकस्मिक तथा वार्डमा रहेका विरामीहरुलाई प्रेस युनियनको स्थापना दिवसको अवसरमा फलफूल वितरण गर्ने क्रममा वराहक्षेत्र नगरपालिका वडा नम्बर ६का वडाध्यक्ष उद्धव पोखरेल, वडा नम्बर ८का वडाध्यक्ष रोशन खड्का , प्रेस युनियन सुनसरीका अध्यक्ष धु्रव ढकाल , पुर्व अध्यक्ष चेतन धमला , नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य अमर खड्का लगायतले विरामीहरुलाई फलफूल वितरण गरेका थिए ।
सो अवसरमा कार्यक्रमका अतिथी वराहक्षेत्र नगरपालिका वडा नम्बर ६का वडाध्यक्ष उद्धव पोखरेलले संचारकर्म गर्ने पत्रकारहरुको संस्थाको स्थापना दिवसको अवसरमा विरामीहरुलाई फलफूल वितरण गरिनु प्रशंषा योग्य कार्य भएको वताए ।
प्रेस युनियन सुनसरीका अध्यक्ष धु्रव ढकालले पत्रकारहरुले समाचार लेखेर समाजलाई सुुसुचित गर्ने कार्यका साथै समयसमयमा समाजोपयोगी काम समेत गर्दै आएको वताए ।
उनले सञ्चारकर्मीहरुको हकअधिकारका साथै समाजको सकारात्मक विकासका लागि समेत सञ्चारकर्मीहरुको भुमिका महत्वपूर्ण रहदै आएको जानकारी गराए ।
फलफूल वितरण कार्यक्रममा ग्रामिण पत्रकार संघ वराहक्षेत्रका अध्यक्ष हिरण्य कार्की , प्रेस चौतारी नेपालका वराहक्षेत्रका अध्यक्ष अर्जुन श्रेष्ठ , नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष अर्जुन सुवेदी , फोनिज कोशी प्रदेश उपाध्यक्ष सुप्रिया राई लगायतको सहभागिता रहेको थियो ।
नेपाल प्रेस युनियनले हरेक वर्ष आफनो स्थापना दिवस विभिन्न कार्यक्रमहरु आयोजना गरि मनाउदै आएको छ ।
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





