-
इटहरी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) इटहरी उपमहानगर समितिले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य र मान्यतालाई बलियो बनाउँदै सुशासन, पारदर्शिता र जनउत्तरदायीत्वका पक्षमा २३ बुँदे माग तथा सुझाव सहितको ज्ञापनपत्र इटहरी उपमहानगरपालिकाकी कार्यवाहक मेयर संगिता कुमारी चौधरीलाई बुझाएको छ ।
नगर समितिका संयोजक गौरिमान परियारको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले इटहरी उपमहानगरको समसामयिक प्रशासनिक, आर्थिक, सामाजिक र पूर्वाधार सम्बन्धी विषयमा देखिएका कमी कमजोरी प्रति ध्यानाकर्षण गराउँदै तत्काल सुधारको माग गरेको हो ।
नगरभित्र सम्पन्न योजना भुक्तानी देखि अनावश्यक कर्मचारी राख्ने, अस्पताल तथा विद्यालयमा देखिएको नीतिगत भ्रष्टाचार, खर्चमा अपारदर्शिता र कृषि क्षेत्रमा सहुलियत जस्ता विविध विषय समेटिएका छन्। ।
विशेषगरी विद्युत बस खरिद, अस्पतालमा सीटी स्क्यान जडान, खोलामा तटबन्ध, शिक्षामा गुणस्तर सुधार, पारदर्र्शी बजेट तर्जुमा लगायतका बिषयलाई प्रमुख प्राथमिकताका रूपमा उठाइएको छ ।
News Desk 0 response बुधबार, जेष्ठ १४, २०८२
कार्यवाहक मेयर चौधरीले ज्ञापनपत्र बुज्दैैै आगामी बजेट निर्माण प्रक्रिया सबै राजनीतिक दलहरू संग छलफल र सहकार्यमा सबै रानैतिक दलहरुको सहयोग आवस्यक रहेको भन्दै उपमहानगरको विकासमा सहकार्य आवश्यक रहेको धारणा राख्दै उपयुक्त समयमा छलफलका लागि बोलाउने प्रतिबद्धता व्यक्त गरिन्। ।
नेकपा (एकीकृत समाजवादी)ले उक्त ज्ञापन मार्फत वर्तमान व्यवस्थाको कमजोरीहरूलाई सुधार गर्दै इटहरीलाई समावेशी, उत्तरदायी र जनमुखी प्रशासन मार्फत समुन्नत नगर बनाउने तर्फ अग्रसर हुन नगर सरकारलाई ध्यानाकार्षण गराएको समाजवादीका प्रदेश कमिटी सदस्य रमेश खत्रीले जानकारी दिए ।
ज्ञापनपत्र वितरण कार्यक्रममा समाजवादीका प्रदेश कमिटी सदस्यहरु केवल फुयल,गणेश बुढाथोकी,कमला दुलाल लगायतको सहभागिता रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





