• इटहरी । लोकतन्त्रवादी पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसको अवसर पारेर सुनसरी शाखाले इटहरीमा प्रभातफेरी आयोजना गरेको छ ।
    स्थापना दिवसको अवसरमा सप्ताह व्यापी कार्यक्रम अन्तरगत मंगरबार इटहरी उपमहानगर पालिका अगाडी बाट सुरु भएको प्रभातफेरीले इटहरी बजारको परिक्रमा गरी पालिका अगाडी कोणसभा गरि सम्पन्न गरिएको हो ।
    कोणसभालाई सम्बोधन गर्दै पुर्व केन्द्रीय उपाध्यक्ष हर्ष सुब्बा, नेपाल प्रेस युनियनका कोशी प्रदेश सचिव तथा नेपाल पत्रकार महासंघ सुनसरीका सचिव विनय बाराकोटी, पत्रकार सुमन पुरी लगायतले सञ्चार माध्यम र सञ्चारकर्मीहरुका विषयमा आआफना धारणा राखेका थिए ।

    केही दिन अगाडी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ भने १५ गते विहिबार अस्पतालमा उपचार्थ विरामीहरुलाई फलफूल वितरण लगायतका कार्यक्रम गरी ३४औं स्थापना दिवस मनाइने नेपाल प्रेस युनियन सुनसरीका सचिव बाबुराम कार्कीले जानकारी दिए ।

    नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष ध्रुव ढकालको अध्यक्षतामा भएको प्रभातफेरी कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य अमर खड्का , नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष अर्जुन सुवेदी, गोरखापत्र सस्थाका संचालक सदस्य तथा कोशी प्रदेश ब्युरो प्रमुख सचिन पोख्रेल लगायत विभिन्न पत्रिका , अनलाइन , रेडियो ,टेलिभिजनमा आवद्ध सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

4565