-
इटहरी । किरात राई यायोक्खा इटहरी उपमहानगरपालिका वडा नंम्बर १ कार्य समितिको आयोजनामा किरात यलेदोङ संम्वत ५०८५ को अवसरमा यो समितीले पहिलो पटक आयोजना गरेको उभौली साकेला पर्व भव्य रूपमा सम्पन्न गरेको छ ।
किरात राई समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानलाई संरक्षण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा समुदायमा एकता, उत्साह र समर्पणको सन्देश सहित साकेला प्रस्तुत गरिदै आएको छ ।
नर्थ पोइन्ट बोर्डिङ स्कुल अगाडी भएको कार्यक्रममा साकेला सिली नृत्य, परम्परागत भेषभूषामा सजिएका युवाहरुको नृत्यले माहोललाई उत्सवमय बनेको थियो ।
उद्घाटन कार्यक्रमका अतिथीहरुले बालबालिका देखि ज्येष्ठ नागरिक सम्मको उत्साहजनक सहभागिता देखिएको कार्यक्रमले यस्ता चाडपर्वहरूलाई निरन्तरता दिँदै संस्कृति जगेर्नामा युवाहरुमा योगदान गर्नुपर्नेमा वत्ताहरुले जोड दिए ।
सोही कार्यक्रममा किरात राई समुदायका युवाहरुले मौलिक संस्कृति, परम्परा जगेर्ना गर्दै साकेला सिली नृत्यका सहभागीहरु लाई कदरपत्रले सम्मान गरिएको थियो भने कार्यक्रम संचालन गर्न सहयोग गर्ने सामाजिक ब्यँक्तीत्वहरु लाई सम्मान गरिएको किरात राई यायोक्खा वडाका सल्लाहकार राजेन्द्र कुमार राईले जानकारी दिए ।
कर्यक्रमका प्रमुख अतिथि नगेश चन्द्र राईले साकेला पर्वलाई केवल नाचगानको उत्सव नभई समुदायको इतिहास, जीवनशैली र चेतनासँग जोडिएको महान सांस्कृतिक पर्वको रूपमा सम्मान गर्नुपर्नेमा जोड दिए ।

वडा नम्बर एकका अध्यक्ष थाम बहादुर राईकोे अध्यक्षता तथा किरात राई यायोक्खा केन्द्रीय सचिव नगेशचन्द्र राईको प्रमुख अतित्थमा भएको कार्यक्रममा इटहरी उपमहानगर पालिका एकका अध्यक्ष रतन कार्की कैलाश, किरात राई यायोक्खा सुनसरी अध्यक्ष तेज वान्तावा, नर्थ पोइन्ट बोर्डिङ स्कुलका प्रिन्सिपल राजन दाहाल, समाजसेवी, बुद्धिजीवी, संघसंस्थाका प्रतिनिधिहरू तथा किरात समुदायका अगुवा व्यक्तिहरूको उपस्थिति रहेको थियो।
News Desk 0 response सोमवार, जेष्ठ १२, २०८२
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





