-
पाँचथर । ग्रामिण क्षेत्रकामहिलाहरुको दैनिकीचुल्हो–चौको र डोको नाम्लोमा दैनिकीबित्ने गरेको छ ।विपन्न र आर्थिक अवस्थाकमजोर भएकानागरिकहरुलाईउपचारको अभावमा जटिल प्रकारको रोगबाट बचाउनपाँचथरको फिदिमनगरपालिकाले निशुल्क स्वास्थ्यशिविरको आयोजना गरेको छ । शिविरबाटदुइहजारबढिले सेवालिएका छन । एक रिपोट…
News Desk 0 response आइतवार, जेष्ठ ११, २०८२
जिल्ला अस्पतालमा संचालनभएको दुई दिने निशुल्क स्तन र पाठेघरको मुखमाहुने क्यान्सर परीक्षण शिविरबाट २ हजार बढी महिलालाभान्वितभएका छन् । शुक्रबार र शनिबार सम्पन्नभएको शिविरमा २ हजार १ सय १३ जनाले परीक्षण गराएका छन । भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमानिःशुल्कक्यान्सर परीक्षण शिविर जिल्लामै पाउँदाखुसीलागेको शिविरमा सेवालिनपुगेका स्थानीयले बताए ।
शिविरमा२ सय ६ जनाले भिडियो एक्स–रे, ३१ जनाले आङ खस्ने समस्याको परीक्षण र ३ सय ५६ जनाको जटिलताको परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये पाठेघरको जटिलता भएका २४ जनामहिलालाईअप्रेसनकालागि रेफर गरिएको छ ।शिविरले समयमै पाठेघर र स्तनक्यान्सरको जोखिमपहिचान गरीसमस्या समाधानगर्न सकिनेभक्तपुर क्यान्सर अस्पतालले जनाएको छ ।
फिदिमनगरपालिकाले आर्थिक अवस्थाकमजोर र विपन्ननागरिकलाई लक्षितगर्दै वर्षेनी स्वास्थ्यशिविरबाट सेवादिदै आएको छ । गतवर्ष मात्रै नगरपालिकाले एचपीभी किटमार्फत महिलाको पाठेघरमाहुने क्यान्सर परीक्षण गराएको थियो । जसबाट ९ सय ८६ मध्ये ३७जनामहिलामा पाठेघरको क्यान्सर पुष्टि भएको थियो ।क्यान्सर जस्तो जटिल प्रकारको रोगबाट ग्रामिण क्षेत्रकानागरिकलाई सेवादिनशिविर आयोेजनागरिएकोनगरपालिकाले जनाएको छ ।
मानिस स्वस्थ छँदै क्यान्सर गराउने भाइरस सक्रियभइरहेकाले यस्ता शिविरले जोखिमपहिचान गरी उपयुक्त विधिबाट क्यान्सर जित्ननागरिकलाई सहजहुने शिविरको उदेश्य रहेको छ । नागरिकको स्वास्थ्यमाफिदिमनगरापलिकाले देखाएको चासोले स्थानीय सरकारको अनुभुतिसमेत दिएको छ ।
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





