इटहरी । लोकतन्त्रवादी पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसको अवसर पारेर सुनसरी शाखाले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
स्थापना दिवस सप्ताह व्यापी कार्यक्रमको आयोजना गरि मनाउने योजना अनुसार पहिलो कार्यक्रममा सञ्चारकर्मीहरुसंग अन्तरक्रिया गरिएको हो ।
नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष ध्रुव ढकालको अध्यक्षता तथा पुर्व केन्द्रीय उपाध्यक्ष हर्ष सुब्बाको प्रमुख आतिथ्यमा आयोजित अन्तरक्रियाका सहभागी सञ्चारकर्मीहरुले पछिल्लो समयमा सञ्चार जगत र सञ्चारकर्मीहरुको अवस्थाका विषयमा वोलेका थिए । अन्तरक्रियामा नेपाल प्रेस युनियनका कोशी प्रदेश सचिव तथा नेपाल पत्रकार महासंघ सुनसरीका सचिव विनय वाह्कोटी , नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य अमर खड्का , नेपाल प्रेस युनियन सुनसरीका पुर्व अध्यक्ष चेतन धमला , नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष अर्जुन सुवेदी , सञ्चारिका समुह सुनसरीकी अध्यक्ष रञ्जना पौडेल , फोनिज कोशी प्रदेशकी उपाध्यक्ष सुप्रिया राई लगायतले सञ्चार माध्यम र सञ्चारकर्मीहरुका विषयमा आआफनो धारणा राखेका थिए । कार्यक्रममा विरामीलाई फलफूल वितरण , प्रभातफेरी लगायतका कार्यक्रम गरी ३४औं स्थापना दिवस मनाइने नेपाल प्रेस युनियन सुनसरीका सचिव बाबुराम कार्कीले जानकारी दिए । अन्तरक्रिया कार्यक्रममा विभिन्न पत्रिका , अन्लाइन , रेडियो ,टेलिभिजनका आवद्ध सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।