-
मछिन्द्रलाई स्तब्ध बनाउँदै आयोजक फाईनलमा
गत शिजनको उपाधि बिजेता आयोजक मकवानपुर ११ हेटौंडामा जारी जारी स्थानीय तह शहीद स्मृती राष्ट्रिय गोल्डकप तेस्रो संस्करण’ को फाइनलमा प्रवेश गरेको छ । हेटौंडा स्थित बन बन बिज्ञान अध्ययन सस्थानको मैदानमा बुधबार भएको पहिलो सेमिफाइनलमा लिग विजेता मछिन्द्रलाई ४– ३ गोल अन्तरले स्तब्ध पार्दै आयोजक रिगल रिर्सोट मकवानपुर–११ ल्े अन्तिम दुइमा स्थान बनाएको हो ।
डिफेण्डिङ च्याम्पिएन मकवानपुर–११ को जीतको लागि म्यान अफ दी म्याच भएका अमिर श्रेष्ठले उत्कृष्ट प्रदर्शन सँगै दुई गोल गरेका थिए । श्रेष्ठले खेलको ४७ औं मिनेट र ६८ मिनेटमा गोल गरेका हुन् । उनले नगद १० हजार हात पारेका छन् । सुरुवाती अग्रता लिएको मन्छिन्द्रको लागि पुजन उपरकोटीले ९ औं मिनेटमा गोल गरेर खाता खोलेका थिए । मकवानपुर ११ को लागि रुपेश केसीले २० मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
राष्ट्रिय फुटबल टोलीका पुुर्व सदस्य समेत रहेको रन्जन विष्टले ३४ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका भने अमिर श्रेष्ठले ४७ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बढाएता पनि मछिन्द्रका अशोक थापाको ५० मिनेटमा र राजेश परियारले ५९ मिनेटमा गोल गरेर खेल फेरी बराबरीमा ल्याएका थिए । तर मकवानपुर ११ को तर्फबाट अमिर श्रेष्ठले ६८ औं मिनेटमा व्यक्तिगत दुई गोल गरेपछि खेलको नतिजा आयोजकको पक्षमा आएको हो ।
खेल पछि प्रतिक्रिया दिँदै मछिन्द्रका क्लबका प्रशिक्षक प्रवेश कटुवालले खेलाडीहरुले सोचे अनुसार खेल्न नसकेको बताए । क्लबका अनुभवी खेलाडीहरु मैदानमा नहुँदा सोचे अनुसार खेल्न नसकेको भन्दै खेलाडीहरु मार्किङमा लगातार गल्ति गरेको बताए । यस्तै फाईनल पुगेको टिम मकवानपुर ११ का प्रशिक्षक विजयलाल श्रेष्ठले टिममा रहेका खेलाडीहरु निरन्तर विभिन्न प्रतियोगिता खेलिरहेकोले अपेक्षित प्रदर्शन नगरेता पनि स्कोर आफ्नो पक्षमा ल्याएको बताए । उनले फाईनल खेलमा अभै शसक्त रणनीति र तयारी गर्ने बताए ।
भोली विभागीय टिम त्रिभुवन आर्मी क्लब र विदेशी टोली क्यामरुनको अफ्रिकन रुट्स एशोसिएसन (अरास) बीच दोस्रो सेमिफाईनल हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले ५ लाख पाउनेछ । त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट हुने खेलाडी बुलेट बाईक प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीको लागि नेपालमा गरिएको प्रतियोगिताहरुमा सबैभन्दा ठुलो राशीको पुरस्कार रुपमा बुलेट बाईक भएको आयोजकले दाबी गरेको छ ।
News Desk 0 response बिहिबार, चैत्र ५, २०७७
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३





