-
भोजपुरमा पछिल्लो समय किवी खेतीमा किसानको आर्कषण बढेको छ । एक पटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएपछि किसान यसको खेती तर्फ आर्कषित भएका हुन् ।
व्यवसायिक किवि खेती भोजपुरका किसानको रोजाईमा परेको हो । बजारमा माग राम्रो भएको तथा एक पटक विस्तार गरी सकेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएसँगै किसान व्यवसायिक किवी खेतीमा लागेका हुन् । यसको खेतीबाट उनीहरुले राम्रो आम्दानी समेत लिने गरेका छन् । विषेश गरेर टेम्केमैयुङ गाउँपालिकाको वडा नम्बर ४ नागीको लुङ्गिन, वडा न. ५ को मझौले, पौवादुङमा गाउँपालिका, आमचोक गाउँपालिका लगायत ठाउँमा किसानले यसको व्यवसायिक खेती गरिरहेका छन् ।
किसानले व्यवसायिक रुपमा खेती गरिरहेको भएपनि स्थानीय सरकार तथा सरोकारवाला पक्षले यसको विस्तारमा ध्यान दिनु पर्ने किसानको माग छ । साथै उत्पादित विकीलाई बजारीकरणमा समेत ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ ।
टेम्केमैयुङ गाउँपालिकाले कृषकहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम मार्फत यसको खेती विस्तारमा सहयोग गरिरहेको बताएको छ । सम्पूर्ण किसानलाई व्यवसायिक तथा आधुनिक खेतीमा गाउँपालिकालाई कृषिमा नमूना बनाउने गाउँपालिकाले जनाएको छ । विभिन्न समयमा किसानहरुले अनुदान लिने लगायत अन्य आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको गाउँपालिकाको भनाइ छ ।व्यवसायिक खेतीमा लागेका कृषकलाई सरकारले विषेश कार्यक्रम बनाएर प्रोत्साहन गर्न सके देशको आर्थिक विकासमा टेवा पुग्ने देखिन्छ । यसर्थ भौगोलिक विविधतालाई ध्यानमा राखेर माटो अनुसारको खेती विस्तारमा ध्यान दिन आवश्यक देखिन्छ ।
News Desk 0 response शुक्रबार, चैत्र ४, २०७८
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३





