-
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी शिवम् एयरलाइन्सलाई उडान अनुमति दिएको छ । एक वर्षदेखि उडान इजाजतका लागि प्रक्रिया सुरु गरेको उक्त एयरलाइन्सले मन्त्रालयबाट आधिकारिक इजाजत पत्र पाएको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए ।
उनले भने “शिवम् एयरलाइन्सले विकट गन्तव्य उडानका लागि मन्त्रालयबाट अनुमति पाएको छ, अब उसले पश्चिम क्षेत्रमा बेस राखेर नियमित उडान गर्न सक्नेछ ।” मन्त्रालयबाट उडान अनुमति पाए पनि उक्त एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट लिनुपर्ने प्रक्रिया भने बाँकी रहेको छ ।प्राधिकरणबाट उडानका लागि पाँच चरणको प्रक्रिया पूरा भएसँगै एक वर्षभित्रै सेवा सुरु गर्ने योजना रहेको उक्त एअरलाइन्सका सञ्चालकमध्येका दिनेश आचार्यले बताए । उनले भने, “मन्त्रालयबाट आधिकारिक पत्र आएको छ, नागरिक उड्डयन प्राधिकरणबाट बाँकी प्रक्रिया पूरा गरी अबको एक वर्षभित्रै सेवा सञ्चालनमा ल्याउने योजना बनाएका छौँ ।”
News Desk 0 response मङ्लबार, चैत्र १, २०७८हाल कम्पनीको चुक्ता पूँजी पर्यटन मन्त्रालयको कार्यविधिअनुसार १५ करोड रहेको बताइएको छ । कम्पनीले ट्विनअटर–४०० डीएच ६४०० सिरिज र लेट फोर–टेनमध्ये कुनै एक किसिमको जहाजमार्फत सेवा सुरु गर्ने योजना बनाएको बताइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाएको दुई वर्षमा तीनवटा जहाज ल्याएर उडान सञ्चालन गर्ने योजना रहेको आचार्यले जानकारी दिए ।रासस
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३