• सुर्खेत । सुर्खेतको भेरिगंङ्गा नगरपालिका ११ रामघाटस्थित भेरी नदिमा पौडी खेल्न गएका दुई किशोरी र एक बालक वेपत्ता भएका छन् । रानीघाट बगरमा पौडी खेल्नेक्रममा शनिबार दिउसो करिब साढे चार बजे उनीहरू वेपत्ता भएका हुन् ।

    स्थानीय रमेश शर्माका अनुसार वेपत्ता हुनेमा भेरीगंङ्गा १३ की १२ बर्षिय गंङ्गा खड्का र १२ बर्षकी कृष्णा सिजाली तथा लकवेशी नगरपालिका ५ खलटाकुराका ८ बर्षिय दिनेश बुढा रहेका छन् । प्रत्यक्षदर्शी भेरिगङगा १३ कि लक्ष्मी पचभइयाका अनुसार छ जना संगै पोडीखेल्न गएकामा तीनजना वेपत्ता भएका हुन् ।

    वेपत्ताहरूको खोजीका लागि प्रहरीचौकी रामघाट र इलाका प्रहरी कार्यालय लेकवेशीबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

4565