• राप्रपा, नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनस्र्थापना आफ्नो पार्टीको कार्यनीति नरहेको दोहो¥याएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष थापाले राजसंस्थाप्रति आस्था र सम्मान कायम रहे पनि कार्यनीति भने प्रष्ट्याए ।

    उनले हिन्दु राष्ट्र, सुशासन र समृद्धि आफ्नो पार्टीको मुख्य मान्यता रहेको बताए । नेपालको एकीकरण, प्रजातन्त्रको स्थापनामा, राष्ट्रियताको सुदृढिकरणमा र आधुनिकीकरणमा राजसंस्थाले योगदान पु¥याएको भन्दै थापाले तर अहिलेको परिवर्तित सन्दर्भमा पार्टीको मुख्य मान्यता हिन्दु राष्ट्र, सुशासन र समृद्धि हुने बताए ।

    यसैबीच अध्यक्ष कमलले १६ जनालाई पदाधिकारीमा मनोनयन गरेका छन । गत फागुन ७ गते राप्रपा नेपाललाई पुनर्गठन गरेका थापाले बुधबार १६ जनालाई पदाधिकारीमा मनोनयन गरेका हुन् । जसअनुसार उनले ६ जनालाई उपाध्यक्ष बनाएका छन भने ४ जनालाई महामन्त्री र ६ जनालाई सहायक मन्त्री बनाएका छन ।

4565