-
प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षप्रति आक्रोश र चेतावनी व्यक्त गरेका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटार परिसरमा आयोजित आफूनिकटका केन्द्रीय सदस्यको चियापान समारोहमा सम्बोधन गर्दै उनले नेपाल पक्षले बोलाएको भेलाका आयोजकहरुलाई कारबाहीको चेतावनी पनि दिएका छन्।
उहाँहरु (माधव नेपाल पक्ष) ले भोलि राष्ट्रिय भेला बोलाउने, प्रतिवेदन पास गर्ने अरे। समानान्तर कमिटीहरु बनाउने रे। समानान्तर होइन, अर्को कमिटी बन्ला। कसैले पनि अर्को पार्टी बनाउँछ कि कमिटी बनाउँछ कि, के गर्न सकिन्छ ररु तर, एउटै पार्टीमा बसेर अब उपरान्त अराजकता, अनुशासनहीनता, उच्छृंखलता जस्ता कुराहरु, विधिविधान विपरीत, एकता विरोधी क्रियाकलापहरुमा छुट हुने छैन। ती कुराहरु मान्य हुन सक्दैन। हामी सहेर बसिरहन सक्दैनौं। अचाक्ली भयोु, ओलीले भने, पार्टीलाई पार्टीको रुपमा चल्न नदिने, भाँडभैलो मच्चाउने, जहिले पनि भाँडभैलो, यो कुरा चाहिँ हुन सक्दैन।
उनले भेलामा सहभागी नहुन नेता तथा कार्यकर्तालाई पनि सजग गराए। नेकपा एमालेसँग आबद्ध सम्बद्ध नेता वा कार्यकर्तालाई गुटगत भेला नगर्न, नगराउन, त्यस्ता भेलामा सरिक नहुन सजग र सचेत गर्न चाहन्छु। पार्टी एकताको पक्षमा बस्न आग्रह गर्न चाहन्छु। र, त्यस्ता गुटगत भेलामा सरिक नहुन तमाम कार्यकर्ताहरुलाई पनि आग्रह गर्न चाहन्छुु, उनले भने।
News Desk 0 response मङ्लबार, चैत्र ३, २०७७
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३