-
अमेरिकाले रोक्का गरेको अफगानिस्तानको सात अर्ब डलर बराबरको रकम सन दुई हजार नौ सेम्टेम्बर एघारमा ट्विट टावर आक्रमणका पीडितलाई राहतको रुपमा दिने तयारी गरेको छ । शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेको एक कार्यकारी आदेशले रोक्का गरिएको सो सम्पत्तिको प्रयोगको लागि बाटो खोलेको हो ।
अमेरिकाले सात अर्बमध्ये आधा रकम अफगानिस्तानलाई मानवीय सहयोगको रुपमा उपलब्ध गराए पनि तीन अर्ब पचास करोड डलरबराबरको रकम भने आक्रमणका पीडितलाई राहतको रुपमा प्रदान गरिने बताएको छ । अगष्टमा तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै विश्वभर रहेको अफगानिस्तानको करिब १० अर्ब डलर बराबरको सम्पत्ति रोक्का गरिएको थियो ।
सो रकममध्ये ७ अर्ब डलर अमेरिकामा रोक्का भएको छ । तालिबानले अमेरिकाको निर्णयको निन्दा गरेको छ । उसले अमेरिकाले अफगानिस्तानको रकम अन्यत्र खर्च गर्न खोज्नु चोरी भएको बताएको छ । तालिबानका प्रवक्ता मोहम्मद नाइमले समाजिक सञ्जाल ट्वीटरमा अमेरिकाको यो निर्णयलाई ‘नैतिक पतन’को संज्ञा दिएका छन् ।
अमेरिकाले तालिबानलाई आतंकवादी संगठनको रुपमा राख्दै आएको छ । संयुक्त राष्ट्रसंघ र अधिकारवादी संस्थाहरुले भने अमेरिकासँग अफगानिस्तानको सम्पत्ति फुकुवा गर्न माग गर्दै आएका छन ।
News Desk 0 response शनिबार, माघ २९, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३