-
संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा रुसी र अमेरिकी राजदूतबीच चर्काचर्की भएको छ । युक्रेनसँगको सिमानामा मस्कोले सेना परिचालन गरेपछि छलफलका लागि अमेरिकाले बोलाएको बैठकमा दुबै देशका प्रतिनिधिविच आरोप प्रत्यारोप भएको हो ।
बैठकमा राष्ट्रसंघका लागि अमेरिकी स्थायी प्रतिनिधि लिन्डा थोमस ग्रीनफिल्डले रुसले गरेको सैन्य परिचालन पछिल्लो केही दशकमा देखिएको सबैभन्दा ठूलो सैन्य परिचालन भएको बताइन् । अमेरिका युक्रेन समस्या कूटनीतिक तवरबाटै समाधान गर्नुपर्ने पक्षमा भएपनि युक्रेनमाथि आक्रमण गरे त्यसको जवाफ दिन तयार रहेको उनले बताइन ।
जवाफमा रुसी समकक्षी भासिली नेबेन्ज्यालले अमेरिकाले रुसविरुद्ध घृणा पैदा गर्ने काम गरिरहेको र रुसको आन्तरिक मामिलामा अमेरिकाको हस्तक्षेप स्वीकार्य नहुने बताए । युक्रेनमाथि सैन्य आक्रमण गर्ने कुनै प्रमाण नरहेको उनको भनाइ छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले तनाव बढाउने र हाउगुजी फैलाउने काम गरेको भासिलीको आरोप छ ।
अमेरिका र बेलायतले रुसले युक्रेनमाथि आक्रमण गरे थप प्रतिबन्ध लगाइने घोषणा गरिसकेका छन् । रुसले करिब एक लाख सैनिक युक्रेनको सीमामा तैनाथ गरेको छ । युक्रेन विवाद अन्त्यका लागि कूटनीतिक प्रयास भने जारी नै रहेको छ । रुसी राष्ट्रपति पुटिनले सोमवार फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनसँग फोनमा कुराकानी गरेका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभसँग आज वार्ता गर्ने कार्यक्रम छ ।
News Desk 0 response मङ्लबार, माघ १८, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





