-
कोरोना विरुद्धको बुस्टर खोप लगाउने कार्यक्रम मंगलवार पनि जारी रहेको छ । सोमवारदेखि काठमाडौंका विभिन्न खोप केन्द्र मार्फत् कोरोना विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको हो । खोपको दुवै मात्रा लगाइसकेका अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर खोप दिइएको छ । उपत्यकाका विभिन्न खोप केन्द्रहरु सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, सहिद मेमोरियल अस्पताल कलंकी, विरेन्द्र सैनिक अस्पताल छाउनी, लोट्से भवन नयाँ बसपार्क, नेपाल प्रहरी अस्पताल महाराजगंज, वीर अस्पताल, शुक्रराज ट्राफिकल तथा सरुवा रोग अस्पताल टेकु ाट बुस्टर खोप लगाउने कार्यक्रम जारी राखिएको छ ।
त्यस्तै छाउनी, बयोधा अस्पताल बल्खु, प्रसुती रोग तथा स्त्रीरोग अस्पताल थापाथली, निजामती अस्पताल नयाँ बानेश्वर, पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल सामाखुसी, काठमाडौं मोडल अस्पताल, एपेक्स पोलिक्लिनिक जुुडिबुटी, काठमाडौं मोडल अस्पताल, प्रर्दशनीमार्ग, जनमैंत्री अस्पताल बालाजु, शुभेच्छा अस्पताल थापाथली, नर्भिक अस्पताल थापाथली र नोबेल अस्पताल सिनामंगलबाट पनि खोप दिइराखिएको छ । खोप केन्द्रहरुमा खोप लगाउनेको भीड रहेको छ । सिंहदरवारमा कर्मचारीहरुका लागि सीसीएमसीको कार्यालय परिसरमा खोप दिने व्यवस्था मिलाइएको छ ।
News Desk 0 response मङ्लबार, माघ ४, २०७८
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





