-
व्यवस्थापनको कमजोरीका कारण बदनाम बनेको सिरहा अस्पतालले गुणस्तर सुधारेसंगै सफलता प्राप्त गरेको छ । बिरामीलाई प्रदान गर्ने सेवामा सुदृढ बनाएपछि प्रदेश २ कै उत्कृष्ट अस्पताल बनेको हो ।
जिल्ला अस्पताल सिरहा अहिले गुणस्तर सुधारमा ध्यान दिएसंगै सेवाग्राहीको मनजित्न सफल भएको छ । केही वर्ष पहिले जिल्ला अस्पताल हुँदा ‘रेफर केन्द्र’ को रुपमा परिचय बनाएको यस अस्पताल प्रदेश २ कै पहिलो अस्पतालको रुपमा परिणत भएको छ । प्रदेश २ का अस्पतालहरुमा उत्कृष्ट अस्पतालको स्थान पाउन सफल भएको छ । न्यूनतम सेवा मापदण्ड कार्यान्वन मा प्रादेशिक अस्पताल सिरहा प्रदेश २ कै उत्कृष्ट घोषणा गरिएको छ । सरकारी मूल्यांकन टोलीले दिएको नम्बरको आधारमा धेरै अंक प्राप्त गरी प्रथम स्थान हासिल गरेको हो ।
अस्पतालको स्थलगत अवलोकन र मूल्यांकनमा प्रादेशिक अस्पताल सिरहाले ८६ अंक प्राप्त गरी उत्कृष्ट नतिजा निकालेको हो ।अस्पतालले प्रदेश सरकार, स्थानीय तह, जिल्ला प्रशासन, सिरहा उद्योग वाणिज्य संघ लगायतका संस्थाहरूसँग समन्वय गरी भौतिक पुर्वाधारमा सुधार गर्दै आएको छ ।
सबैको साथ र सहयोगले एक वर्षमै प्रादेशिक अस्पताल सिरहाले सुधार गरेको र सेवालाई थप प्रभावकारी तथा गुणस्तरीय बनाएर लैजाने प्रतिवद्धता जनाएको छ । प्रादेशिक अस्पताल सिरहाले सबै किसिमका उपचार सेवा दिदै आएको छ ।
News Desk 0 response मङ्लबार, पुस २०, २०७८
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





