-
दक्षिणी मेक्सिकोमा आप्रवासी बोकेको एउटा ट्रक दुर्घटनाग्रस्त हुँदा कम्तिमा ५४ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन् । चियापास राज्यको एउटा पुलमा ठोकिएर ट्रक दुर्घटनाग्रस्त हुँदा ट्रकमा सवार करिब दुई सय आप्रवासीमध्ये उनीहरुको मृत्यु भएको हो ।
दुर्घटनापछि ट्रक सडकमा उत्तानो परेको अवस्थामा भेटिएको स्थानीय अधिकारीहरुले बताएका छन् । दुर्घटनाका घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते हुनेमा महिला र बालबालिका समेत रहेको बीबीसीले जनाएको छ । सो ट्रकले मध्यअमेरिकी मुलुकहरुका आप्रवासीलाई होन्डुरसबाट मेक्सिकोतर्फ लैजाँदै गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । ग्वाटेमालासँग जोडिएको चियापास राज्य गैरकानुनी आप्रावासीका लागि मुख्य प्रवेशद्वारका रुपमा परिचित रहेको छ ।
News Desk 0 response शुक्रबार, मंसिर २४, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३