• नेपाली कांग्रेसको संस्थापन पक्षको बैठकले पार्टीको नेतृत्वमा सभापति शेरबहादुर देउवाको बिकल्प नभएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा निवास बुढानिकण्ठमा बुधबार बसेको बैठकले अहिले नै पार्टीको नेतृत्व परिवर्तन आवश्यक नरहेको र मुलुकमा देउवाको नेतृत्व आवश्यक रहेको निष्कर्ष निकालेको हो । बैठकले पदाधिकारीका बिषयमा भने टुङ्गो लगाउन सकेन ।

    कांग्रेसको संस्थापन पक्षभित्र सभापतिमा देउवाको नाममा एकमत भएपनि पदाधिकारीका आकाँक्षी धेरै भएपछि सहभति गर्न सकस भएको छ ।

4565