-
नेपाल सरकारलाई स्वीट्जरल्याण्ड सरकारले कोरोना भाइरसविरुद्धको एस्ट्राजेनिका खोप एक लाख ४४ हजार मात्रा उपलब्ध गराएको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेललाई नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले सो खोप हस्तान्तरण गरेकिहुन ।
स्वास्थ्य सचिव डा पोखरेलले स्वीट्जरल्याण्ड सरकारले उपलब्ध गराएको खोप नेपालका सर्वसाधारणलाई लगाइने जानकारी दिए। उनले आगामी चैत मसान्तभित्रमा सबै नेपालीलाई खोप उपलब्ध गराउने बताए ।
News Desk 0 response बिहिबार, कार्तिक २५, २०७८नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत क्यापलरले कोरोना भाइरसविरुद्धको रोकथाम र नियन्त्रणमा नेपाललाई सहयोग गर्दै आइरहेको बताए । स्वीट्जरल्याण्ड सरकारले कोभ्याक्स सुविधाअन्तर्गत नेपाललाई खोप उपलब्ध गराएको हो ।रासस
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३